• मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेका माओवादी निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)को तेस्रो नगर अधिवेशन आज (सुक्रबार) समापन भएको छ ।
    पथरीशनिश्चरे नगर अधिवेशनले पुन घनश्याम ढकाललाई अध्यक्षमा चयन गरको छ । पथरीशनिश्चरे १ स्थित नगर पार्टी कार्यालयमा भएको अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा तुलसीप्रसाद भट्टराई, महिला उपाध्यक्षमा रामकुमारी राई, खुल्ला उपाध्यक्षमा ओमबहादुर ढकाल र सचिवमा भुपाल ठटाल, सह–सचिवमा आनन्द घिमिरे र कोषाध्यक्षमा नारायण तिम्सिनालाई चयन गरिएको छ । सदस्यहरुमा दिपकला लामिछाने (ढुंगाना), कमला राई, भीम पौडेल, सरस्वती राई लगायत रहेका छन् ।
    कार्यक्रममा पार्टी केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य गीता तिम्सिना, पार्टीको केन्द्रीय लेखा आयोगको सदस्य तथा पार्टीको मोरङ जिल्ला सह इन्चार्ज संविधान सभा सदस्य लालबहादुर मगर, युएण्टो केन्द्रीय सदस्य भूमिका बुर्जामगर, युएण्टो नगर ईञ्चार्ज शिवप्रसाद तिम्सिना, पार्टी नगर अध्यक्ष गोविन्द कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    खुल्ला सत्रमा प्रदेश सभा सदस्य तिम्सिना, सेवा निवृत शिक्षक टिका दाहाल, शिव तिम्सिना, भर्खरै शिक्षक सेवा आयोग उतिर्ण गरी बुद्ध माविमा कार्यरत शिक्षक सुवास न्यौपानेलाई सम्मान गरिएको थियो । 
    नगर अधिवेशन आयोजक समिति संयोजक घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रम सचिव नरेन्द्र घिसिङको सञ्चालन गरेका थिए । दुई निर्वाचन पछि पथरीशनिश्चरे नगरमा माओवादी सक्रियताको साथ गाउँटोलहरुमा भेला बैठक र जनवर्गीय संगठनहरुलाई पुनर जागरण गराउने प्रयासमा लागेको बुझिएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…