• मोरङ । पहिचानवादी राजनीति गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भित्रको बिबाद झन चर्किदै गएको छ ।

    विचार मिल्ने पार्टीहरुसँग एकता, बिधान बमोजिमको नियमित बैठक नराखेको र आन्दोलनको प्रकृति लगायतको बिषयमा दुई मत देखिएको संलोराम भित्रको बिबाद मिल्ने भन्दा चर्किदै गएको देखिन्छ । यी बिषयहरुमा अध्यक्ष कुमार लिङदेन र बरिस्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ (गुरुङ-चेम्जोङ) बिबाद भएपछि पार्टीको तल्लो तहसम्म ससस्या देखिएको छ ।

    निर्वाचनपछि राष्ट्रिय जनमुक्ती पार्टीले पठाएको एकता प्रस्तावको बिषय र निर्वाचन समीक्षा बैठक राख्न अनुरोध गर्दा अध्यक्ष कुमार लिङदेनले बैठक नराखेको गुरुङ-चेम्जोङ पक्षको भनाइ छ । पार्टी भित्रको सबै समस्याहरु बैठकमा छलफल हुने भएपनी आफू अल्पमतमा पर्छु भन्ने भयले बैठक नबोलाएको हुन सक्ने गुरुङ-चेम्जोङ समूहको बुझाई छ ।

    यही पृष्ठभुमिमा अध्यक्ष लिङदेन पक्षले गुरुङ-चेम्जोङ समुहका आठ जना नेतालाई बिज्ञप्ति मार्फत कारबाहीको घोषणा गरेका थिए । त्यपपछि गुरुङ-चेम्जोङ समूहको बैठक समूहको छुट्टै बैठक बसेर घोषित कारबाही फिर्ता लिन र संगठनको केन्द्रीय बैठक राख्न अल्टिमेटम दिएको थियो ।

    कारबाही फिर्ता लिन सकिएको अल्टिमेट्म सकिदासम्म अध्यक्ष लिङदेनले वास्ता गरेनन । अल्टिमेटमलाई वास्ता नहरिएपछि गुरुङ-चेम्जोङ समुहले बिधानको लामो ब्याख्यासहित सोमबार (माघ २२) पुन बिज्ञपति निकालेर कारबाही बिधान बिपरित भएको भन्दै खारेज गरेको घोषणा गरेको छ । संगठनको केन्द्रीय बैठक राख्न दिइएको ३५ दिने अल्टिमेटम भने कायम छ ।

    यता संगठनको इटहरी उपमहानगर समिती सुनसरीले बैठक बसेर शनिबार (माघ २१) गते दुबै समुहलाई मिलेर दबाब  दिएको छ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…