मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित नमस्ते बुद्ध इन्भेष्टमेन्टमा कम्पनीको दोस्रो साधारण सभाबाट अध्यक्षमा पुन अमिर राई चयन भएका छन् ।
सोमबार भएको साधारण सभाबाट सदस्य सचिब तुलसी खनाल, सदस्यहरुमा टिका गौतम, राम ढकाल, याम गुरुङ, राजकुमार आचर्य र रितुराज गुरुङ सर्बसहमत चयन भएका छन् । कम्पनीमा ६३ जना सदस्य रहेका छन् ।