काठमाडौं, २४ माघ
विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।
मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष दालतमा हाजिर हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन: पेसी तोकिनेछ।
कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।