• मोरङ । पत्रकार भूमिप्रसाद पाठक, जेष्ठ नागरिक, सहयोगीहरुलाई सम्मान र पुरस्कार वितरण गर्दै मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आज (बुधबार) २१ औ स्थापना दिवस मनाएको छ ।

    पथरीशनिश्चरे २ स्थित होटल साल्पामा आयोजित स्थापना दिवसमा अनमोलमणी साप्ताहिकका समाचार सम्पादक भूमिप्रसाद पाठकलाई लर्डबुद्ध साकोस पत्रकारिता पुरस्कार नगदसहित प्रदान गरिएको हो । 
    पाठकले कलमको माध्यमबाट सहकारी संस्थालाई योगदान पु¥याएकोमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र संस्थाको अध्यक्ष धनराज राई (अमिर)को हातबाट नगद पाँच हजार एक रुपैयाँ, कदर पत्र प्रदान र दोसल्लाह ओढाइएको थियो । पाठक पत्रकारिताको साथै पञ्चायत नमुना मावि लगायतको विद्यालयमा शिक्षण पेशामा समेत आबद्ध रहेका छन् । पाठकसँगै कर्णबहादुर राईलाई जेष्ठ सदस्यको रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    सम्मानको साथै पथरीशनिश्चरे नगरको अन्तर विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
    वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारी संस्थाको भूमिका शीर्षकमा भएको वक्तृत्व कला प्रतियोगितामा चन्द्रकिरातेश्वर माध्यमिक विद्यालयकी निवा चेम्जोङ प्रथम भएकी थिइन । न्यू पेगोडा ईङ्लिस वोर्डिङ स्कुलका भविन्द्र अधिकारी र रेडस्टार आवासीय माध्यमिक विद्यालयकी मोनिका आचार्य क्रमस दोस्रो र तेस्रो भएका थिए । मोरङ मेरीगोल्ड अंग्रेजी हाई स्कुलका समिर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी  गंगा भण्डारीलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । 
    नगरका १५ वटा बिद्यालयबाट सहभागिहरुलाई उछिन्दै बिजेता छात्र, छात्राहरुलाई नगद र प्रमाणपत्रले पुरस्कृति गरिएको थियो ।
    कार्यक्रममा संस्थाका जेष्ठ सदस्यहरुलाई बृद्ध भत्ता, एकल महिला सदस्यहरुलाई राहत वितरण गरिएको थियो ।
    लर्डबुद्ध साकोसको अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा भएको कार्यक्रममा जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौला, वडा नं. २ का अध्यक्ष नैना राई, संस्थाको प्रमुख सल्लाहकार दिलबहादुर तामाङ, चन्द्रकिरातेस्वर माविका प्रधानाध्यापक हर्कराज जिमी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत व्यवस्थापक गणेशकुमार राईले गरेका थिए भने सचिब महेन्द्र ढुङ्गानाले सञ्चालन गरेका थिए ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…