• मोरङ । दक्षिणी मोरङको सुनबर्षी नगरपालिका–१ जोगिधापको गाउँले कुकुरहरुको आक्रमणबाट जंगली हरिण मारिएको छ ।
    बिहिबार करिव १० बजेको समयमा जोगिधाप गाउँमा ५–६ वटा कुकुरहरुले लखेट्दै टोक्दै गरेको अवस्थामा स्थानीयबासीले भेटाएका थिए । हरिणको पछिल्लो भाग कुकुरले टोकेर अत्याधिक रगत बगिरहेको अवस्थामा बाँसघारीमा फेला परेको थिए ।
    कुकुरहरुले आक्रमण गरिरहेको अवस्थामा हरिण फेला परेपछि स्थानीयबासीले सब डिभिजन वन कार्यालय पथरीमा खबर गरेका थिए ।
    सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरी, मंगलबारेका सशस्त्र वन रक्षक सुबेदार ध्रुर्बराज अधिकारी लगायतको टोली जोगिधाप पुग्दा हरिण मरिसकेको अवस्थामा फेला परेको प्रमुख चौधरीले बताए ।
    हरिणलाई स्थानीय प्रहरी, जन प्रतिनिधि, सञ्चारकर्मी लगायतको रोहबरमा सब डिभिजन वन कार्यालय पथरीको परिसर भित्र गाडिएको छ । भाले जातको हरिण करिव ४५ किलोको भएको अनुमान गरिएको थियो ।
    हरिण भेटिएको सुनबर्षी १ जोगिधाप पूर्ब पश्चिम मुख्य सडक (वन जंगल) क्षेत्रदेखि करिव १६ किलो मिटर दक्षिण गाउँमा पर्दछ । हरिण खोला किनारहुँदै त्यहाँ पुग्दा कुकुरले आक्रणम गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । सिकारी कुकुरहरुले जंगलमै पनि हरिण, मृग मार्ने गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…