• मोरङ । दक्षिणी मोरङको सुनबर्षी नगरपालिका–१ जोगिधापको गाउँले कुकुरहरुको आक्रमणबाट जंगली हरिण मारिएको छ ।
    बिहिबार करिव १० बजेको समयमा जोगिधाप गाउँमा ५–६ वटा कुकुरहरुले लखेट्दै टोक्दै गरेको अवस्थामा स्थानीयबासीले भेटाएका थिए । हरिणको पछिल्लो भाग कुकुरले टोकेर अत्याधिक रगत बगिरहेको अवस्थामा बाँसघारीमा फेला परेको थिए ।
    कुकुरहरुले आक्रमण गरिरहेको अवस्थामा हरिण फेला परेपछि स्थानीयबासीले सब डिभिजन वन कार्यालय पथरीमा खबर गरेका थिए ।
    सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरी, मंगलबारेका सशस्त्र वन रक्षक सुबेदार ध्रुर्बराज अधिकारी लगायतको टोली जोगिधाप पुग्दा हरिण मरिसकेको अवस्थामा फेला परेको प्रमुख चौधरीले बताए ।
    हरिणलाई स्थानीय प्रहरी, जन प्रतिनिधि, सञ्चारकर्मी लगायतको रोहबरमा सब डिभिजन वन कार्यालय पथरीको परिसर भित्र गाडिएको छ । भाले जातको हरिण करिव ४५ किलोको भएको अनुमान गरिएको थियो ।
    हरिण भेटिएको सुनबर्षी १ जोगिधाप पूर्ब पश्चिम मुख्य सडक (वन जंगल) क्षेत्रदेखि करिव १६ किलो मिटर दक्षिण गाउँमा पर्दछ । हरिण खोला किनारहुँदै त्यहाँ पुग्दा कुकुरले आक्रणम गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । सिकारी कुकुरहरुले जंगलमै पनि हरिण, मृग मार्ने गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…