• मोरङ । मोरङको पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार अग्रेजी बोर्डिङ स्कुलले बिभिन्न व्यक्तिलाई सम्मान, पुरस्कार वितरणको साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरी २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइरहेको छ ।
    ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्ड (ISA) प्राप्त गरेको रेडस्टारले आज (शनिबार) स्कुलको पूर्ब सञ्चालक, शिक्षक, कर्मचारी लगायतलाई सम्मान, गएको परीक्षामा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरणको साथै शिक्षक र विद्यार्थीहरुले नाटक, गीत, नृत्य लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
    स्कुलको प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
    वार्षिकोत्सवको अवसरमा २०५२ सालमा लोटस बोर्डिङ स्कुल स्थापना गरेका अशोक साम्पाङ राईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । लोटस बोर्डिङ स्कुललाई नै नाम परिवर्तन गरेर रेडस्टार बनाइएको थियो । 
    पूर्ब सञ्चालक राईसँगै भुवानेश्वर पोखरेल, दिपेन्द्र बस्नेत, दिपा मगरलाई पनि रेडस्टारले सम्मान गरेको छ । यस बर्षको उत्कृष्ट शिक्षकको रुपमा दिलसरी राई र कर्मचारी गोबिन्दप्रसाद लुइटेल सम्मानित भएका छन् ।
    कार्यक्रममा पथरीशनिश्चरे नगरको शिक्षा विभाग अधिकृत नवीन खुलाल, पश नपा ८ नं. वडा अध्यक्ष नवीनजंङ्ग कार्की, प्याब्सनको पूर्ब नगर अध्यक्ष उपेन्द्र कंडेल लगायतको उपस्थिति रहेको थियो ।
    जीवन बरालद्वारा लिखित तथा निर्देशित नाटक ‘श्रवणकुमार’ र कचहरी नाटक ‘ईच्छा’ प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुबाट साकेला, धिमाल र कौडा नृत्य प्रस्तुत गरेर उपस्थित अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । 
    शिक्षिकाहरुले समेत नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु असुतोष ढुङ्गाना, प्रियकां गुरुङ, एलिसा राई, अजय लिम्बू, संकल्प मिश्र लगायतबाट कविता वाचन भएको थियो । बार्षिकोत्सव कार्यक्रम भोली आइतबारसम्म चल्ने छ ।
    वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टीएन तिम्सिनाकले प्रगति वितरण तथा भावि योजना प्रस्तुत गरेका थिए । रेडस्टार अंग्रेजी स्कुलले शैक्षिक गुणस्तर प्रदान गर्नुको साथै खेलकुद, सामाजिक क्षेत्र लगायत अतिरिक्त क्रियाकलापमा समेत उत्कष्टता हासिल गर्दै आएको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…