मोरङ । मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी बहुमुखी क्याम्पसमा आज (आइतबार)देखि सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तरर्गत खेलकुद र विद्यार्थीहरुको खेल क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित खेलकुद सप्ताह कार्यक्रमको उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट उद्घाटन गरिएको थियो । कार्यक्रम क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष माधव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
खेलकुद सप्ताह कार्यक्रममा फुटबल, भलिबल, बुद्धिचाल (चेस), ब्याडमिन्टन, टेबलटेनिस, छेलो, दौड लगायत १० वटा इभेन्टमा प्रतिष्पर्धा हुने क्याम्पसको पूर्ब स्ववियु सभापति गोपाल साम्बाले बताए ।