• मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङको पथरीशनिश्चरे नगर समितिले २८ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन तथा सहिद परिवार भेटघाट गर्ने भएको छ ।
    माओवादीले २०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको थियो । देशमा हुँदै आएको जातीय, क्षेत्रीय, लिङ्गीय विभेद र सामाजिक विकृति विरुद्ध युद्ध सुरु भएको थियो । नेपालमा १० बर्षसम्म युद्ध चलेको थियो । सोही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउदै आएको छ ।
    जनयुद्ध दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे नगर समितिले लोकतान्त्रिक चोकमा अपरान्ह साढे ४ बजे दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टीले सहिद परिवार भेटघाटको कार्यक्रम राखिएको नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए । 
    युद्ध कालमा पथरीशनिश्चरे नगरमा मात्र २२ जन माओवादी नेता, कार्यकर्ताको हत्या भएको थियो भने दुई जना हालसम्म बेपत्ता रहेका छन् । जस मध्ये १८ जना पथरीशनिश्चरेका र चार जनालाई बिभिन्न स्थाबाट पार्टी कामको सिलसिलामा यहाँ आएको बेला मारिएका थिए । 


    पथरीशनिश्चरेका हत्या र बेपत्ता नेता, कार्यकर्ताहरु
    १) धनन्जय गिरी २) नारद राई ३) मेनुका चेम्जोङ ४) लालबहादुर मगर ५) बालकुमार मगर (बिज्ञान) ६) बिदुर भट्टराई, ७) कुशल परियार ८) मित्रप्रसाद भट्टराई ९) वीरबहादुर बस्नेत १०) राजेन्द्र गौतम ११) टोमनाथ पौडेल १२) विश्वनाथ पराजुली १३) धनबहादुर तामाङ १४) रोशन दाहाल १५) दिवाकर पोख्रेल १६) हंसिलाल राजवंशी १७) नेत्र मगर १८) सन्तोष लिम्बू १९) प्रेमबहादुर मगर २०) जीवन श्रेष्ठ २१) रत्नबहादुर कार्की २२) लुकमणि गौतम
    बेपत्ता
    १) दाताराम तिम्सिना २) लक्ष्मी खतिवडा

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…