• मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङको पथरीशनिश्चरे नगर समितिले २८ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन तथा सहिद परिवार भेटघाट गर्ने भएको छ ।
    माओवादीले २०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको थियो । देशमा हुँदै आएको जातीय, क्षेत्रीय, लिङ्गीय विभेद र सामाजिक विकृति विरुद्ध युद्ध सुरु भएको थियो । नेपालमा १० बर्षसम्म युद्ध चलेको थियो । सोही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउदै आएको छ ।
    जनयुद्ध दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे नगर समितिले लोकतान्त्रिक चोकमा अपरान्ह साढे ४ बजे दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएको छ । जनयुद्ध दिवसको अवसरमा पार्टीले सहिद परिवार भेटघाटको कार्यक्रम राखिएको नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए । 
    युद्ध कालमा पथरीशनिश्चरे नगरमा मात्र २२ जन माओवादी नेता, कार्यकर्ताको हत्या भएको थियो भने दुई जना हालसम्म बेपत्ता रहेका छन् । जस मध्ये १८ जना पथरीशनिश्चरेका र चार जनालाई बिभिन्न स्थाबाट पार्टी कामको सिलसिलामा यहाँ आएको बेला मारिएका थिए । 


    पथरीशनिश्चरेका हत्या र बेपत्ता नेता, कार्यकर्ताहरु
    १) धनन्जय गिरी २) नारद राई ३) मेनुका चेम्जोङ ४) लालबहादुर मगर ५) बालकुमार मगर (बिज्ञान) ६) बिदुर भट्टराई, ७) कुशल परियार ८) मित्रप्रसाद भट्टराई ९) वीरबहादुर बस्नेत १०) राजेन्द्र गौतम ११) टोमनाथ पौडेल १२) विश्वनाथ पराजुली १३) धनबहादुर तामाङ १४) रोशन दाहाल १५) दिवाकर पोख्रेल १६) हंसिलाल राजवंशी १७) नेत्र मगर १८) सन्तोष लिम्बू १९) प्रेमबहादुर मगर २०) जीवन श्रेष्ठ २१) रत्नबहादुर कार्की २२) लुकमणि गौतम
    बेपत्ता
    १) दाताराम तिम्सिना २) लक्ष्मी खतिवडा

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…