• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले आज (सोमबार) आफ्नो ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ तामाङ लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
    पथरीशनिश्चरे १ मा रहेको सुनाखरी माविका प्रधानाध्यपक घिसिङ न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलको पूर्ब विद्यार्थी हुन् । तामाङ एमफिल गरेर विद्यावारिधीको तयारीमा रहेका छन् ।
    न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले विभिन्न विधामा स्थापित आफ्नो पूर्ब विद्यार्थीहरु, अभिभावक, शिक्षिकालाई सम्मान तथा पुरस्कार वितरण गरेर बार्षिक उत्सव मनाएका हुन् ।
    घिसिङसँगै पूर्ब विद्यार्थी पण्डित युगलकिशोर अधिकारी, कलाकार अनुप राउतलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । न्यू पेगोडा अंग्रेजी बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षिकाको रुपमा रेखी गुरुङ र मेनुका सुवेदी, अभिभावकहरु बलराम साप्कोटा, कल्पना चौहान, केशव दाहाल, पुण्यबहादुर तामाङ, दधिराम साप्कोटा, सुबास गुरुङ र पूर्णसिंह चेम्जोङलाई सम्मान गरिएको प्रिन्सिपल उद्धव निरौलाले बताए । 


    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा दंगालको सभापतित्व र नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरको शिक्षा बिभागका अधिकृत नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, स्वयम विद्यालगका संस्थापक निर्देशक टिकाप्रसाद दंगाल लगायतले शुभकामना दिएका थिए । 
    बार्षिक उत्सवको अवसरमा अभिभावक वीच खेलाइएको बिभिन्न खेलमा बिजेताहरु र नर्सरीदेखि कक्षा १० सम्मका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर उपस्थिति अभिभावक र विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…