• सुनसरी । मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाउन ३ घण्टा सडकमा उभिदा पनि नआएपछि सुनसरीको इटहरी स्थित रंगशालामा कोशी नाम विरुद्ध प्रदर्शन र कोण सभा भएको छ । 
    जीवन विज्ञान (अर्ध आद्ध्यामिक संस्था)को पूर्वाञ्चल उद्सवको उद्घाटन गर्न आज (फागुन २० गते) मुख्यमन्त्री हिक्मत कार्की आउने कार्यक्रम थियो । 
    प्रदेशको नाम किरात लिम्बुवान कोचिला ल्याउन र कोशी खारिज गर्न आन्दोलनरथ संस्थाका नेता, कार्यकर्ताहरु रंगशालाको गेटमा कालो झण्डा बोकेर बसेका थिए । किरात राई यायोक्खा १ नम्बर प्रदेश समितिको सचिव राम माण्डुपा राईको नेतृत्वमा बसेको सो टोली विहान ११ देखि २ बजेसम्म कालो झण्डा बोकेर गेट नजिकै सडकमा बसेका थिए । 
    सुरक्षा थ्रेटको कारण जनाउदै मुख्यमन्त्री कार्की कार्यक्रममा नआउने भएपछि नारा जुलुस र विरोध प्रदर्शन गरेर किरात लिम्बुवान कोचिला अभियान कर्मीहरु फर्केका थिए । प्रदेशको नाम कोशी चाहिन्दैन, पहिचान पक्षधर एक होऔ लगायतको प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले नारा जुलुस गरेका थिए । 
    किरात राई सुम्निमा संघ केन्द्रीय सचिव माया राई, किरात राई यायोक्खा इटहरी उपमहानगर पालिका समितिका पदाधिकारी सदस्यहरु लगायतको बिभिन्न संघ, संगठनबाट मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाउन आएका थिए ।

    आन्दोलनकारीको सुरक्षा चुनौतीको करण मुख्यमन्त्री कार्यक्रम उद्घाटनमा नआएको आन्तरिक श्रोतबाट थाहा भएपछि विरोध प्रदर्शन र कोण सभा गरेर आफूहरु फर्किएको राम माण्डुपा राईले बताए । कोशी प्रदेश खारेज नभएसम्म मन्त्री, सांसद लगायतको भिजिट अवरोध हुने आन्दोलनरत संस्थाहरुले बताउदै आएका छन् । 
    आजै मोरङको बेलबारीमा नपाल आदिबासी जनजाति पत्रकार महासंघ, पथरी शनिश्चरे नगरमा नेपाल आदिबासी जनजाति महासंघ समन्वय समितिको आयोजनामा कोशी प्रदेश नाम विरुद्ध विरोध प्रदर्शन भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…