मोरङ । कोशी प्रदेश नाम राखिएको प्रति विरोध गर्दै नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय परिषद मोरङले आज (शनिवार) विरोध प्रदर्शन गरेको छ । 
संगठनको नगर अध्यक्ष देवेन्द्र वनेमको नेतृत्वमा उपस्थिति बिभिन्न संघ, संगठनका नेताहरुले कोशी प्रदेश नाम तुरुन्त खारिज गरेर किरात लिम्बुवान ल्याउनु पर्ने माग गरेका छन् । 
कोशी प्रदेश खारिज गर, किरात लिम्बुवान प्रदेश घोषणा गर लगायतको प्लेकार्डसहित उपस्थित भएका नेता, कार्यकर्ताहरुले नारा जुलुस गरेका थिए । 
आदिबासी जनजाति महासंघले कोशी प्रदेश नाम खारिज गर्न भोट दिने सभा सदस्यहरुलाई समर्थन फिर्ता लिन आव्हानसहितको प्रेस नोट समेत जारी गरेको छ । कार्यक्रममा नगर सचिव निता कुलुङ राई, राजेन्द्र गुरुङ, टुंगकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        