• मोरङं । मोरङको पथरीशनिश्चरे १ बजार भित्र अबैधानिक रुपमा ढालिएको रुखको काठ बरामद गरेपनि वन कार्यालय बेवारिस बनाउन लागेको बुझिएको छ ।
    पथरीशनिश्चरे १ स्थित तमु बौद्ध गुम्बा भित्र दुई वटा टिक जातिको रुख ढालेर टुना पारिएको थियो । सव डिभिजन वन कार्यालयले बुधबार काठ दाउरा उठाएर ल्याएको छ ।
    पाँच फिट भन्दा बढी गोलाई भएको टिकको रुख चेन सो (रुख काट्ने मिसिन)ले ढालेर १२ वटा टुक्रा बनाएको अवस्थामा फेला परेको थियो । बौद्ध गुम्बा बजार(घरहरु)को पूर्बमा पर्दछ । काठ ९३ किबी रहेको सब डिभिजन वन कार्यालय पथरीले जनाएको छ । रुख ढाल्ने व्यक्तिहरु भने पत्ता नलागेको वन डिभिजन कार्यालयको प्रमुख दिवस चौधरीको भनाइ छ । 
    बजार भित्र मेसिन लगाएर रुख ढालिएको कारण वन कार्यालय लाग्दा व्यक्तिहरु पत्ता लाग्ने भएपनि बेवारिस बनाउन तिर लागेको स्थानीय एक व्यक्तिले बताए । तमु बौद्ध गुम्बा भित्र केही बर्ष अघि पनि यसै गरी सखुवाको रुख ढालिएको र बेवारिस बनाइएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…