•   २०७४ फागुन २१ सोमबार

    काठमाडौं : संघीय संसदको पहिलो बैठक सोमबार बस्दैछ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्न लागेको हो।

    प्रतिनिधिसभा बैठकमा जेष्ठ सदस्यका हैसियतमा सभामुख महन्थ ठाकुरले राष्ट्रपतिबाट संसद बैठक आव्हान भएको पत्र पढेर सुनाउनेछन्। त्यस्तै राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र प्रधानमन्त्रीले मन्त्रीहरु नियुक्त गरेको बारे पनि सदनलाई औपचारिक जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    बैठकबाट प्रतिनिधिसभा अन्तरिम कार्यविधि पारित गरिने सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोक्नेछ।

    सभामुखको निर्वाचन फागुन २६ गते गर्ने तयारी छ। सोमबार नै बस्ने राष्ट्रियसभा बैठकले पनि राष्ट्रियसभा अन्तरिम कार्यविधि पारित गर्नेछ।

    साथै राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको जानकारी सचिवालयका प्रवक्ता गौतमले गराए।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते गर्ने तयारी छ।

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…