• मोरङ । चैत्र ५ गते कोशी प्रदेश नाम विरुद्धको विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते पदमबहादुर लिम्बू (लाजेहाङ)को उपचारको क्रममा मृत्यु भएको छ ।

    थप उपचारको लागि हेलिकप्टरमा काठमाडौ मेडिसिटी अस्पताल लाने तयारी भइरहेको बेला सुक्रबार (१० गते राति) २:३० बजे धारन बीपी अस्पतालमा मृत्यु भएको प्रदेश नं. १ पुन नामकरन संयुक्त संघर्ष समितिले बिज्ञप्ति प्रकाशन गरि जानकारी गराएको छ ।

    लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर हुन । मन्च संयुक्त संघर्ष समितिको घटक संगठन हो ।

    कोशी प्रदेश नाम विरुद्ध चैत्र ५ गते प्रदेश नं. १ पुनः नामाङकण संयुक्त संघर्ष समितिको आयोजनामा जनप्रदर्शन भएको थियो । 

    प्रदर्शनको क्रममा रोडशेस चोकमा आन्दोलनकारी र प्रहरीवीच झडप भएको थियो । प्रदर्शनकारीले सरकारले लगाएको ३ सय मिटरको निशेधित क्षेत्र तोडेर मुख्यमन्त्रीको गेट नजिक पुगेका थिए । 

    सोही क्रममा प्रहरीको लाठी टाउकोमा लागेका पदमबहादुर लिम्बू (लाजेहाङ)को बाहिर समान्य निलडाम रहेको थियो ।  बुधबार (८ चैत्र) अपरान्ह बान्ता गर्दै बेहोस भएपछि अस्पताल भर्ना भएको थियो ।

    लिम्बूको उपचारको क्रममा मृत्यु भएपछि सुक्रबार 
    बिहान प्रदेश नं. १ पुनः नामाङकण संयुक्त संघर्ष समिति बिज्ञप्ति प्रकाशन गर्दै हत्याको जिम्मा प्रदेशको मुख्यमन्त्री हिक्मत कार्की र ८२ प्रदेश सभा सदस्य हुने उल्लेख छ । 

    "लिम्बुको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्दछ ।" बिज्ञप्तिमा भनिएको छ "लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गर्दछौँ ।" 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…