• मोरङ । इलामको माङ्सेबुङ्ग गाउँपालिका ५ नं. वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । 
    वडा सचिव माधव अधिकारीका अनुसार बिहिबार (चैत्र ९) राति करिव साढे १० बजे आएका समूहले वडा कार्यालयमा मटितेल खन्याएर आगजनी गरेका थिए । आगलागिबाट एक तले पक्कि भवनको ५ वटा झ्याल, दुई वटा कोठाको सोफासेट लगायतको फर्निचर, दराज, कम्प्युटर, कागजात, कार्पेट जलेर नष्ट भएको सचिव अधिकारीले जानकारी दिए । घट्ना स्थलमा मटितेलको बोटल भेटिएको उनले बताए ।
    वडा अध्यक्ष नरेन्द्र राई सदस्य तिलरुपा लिम्बूलाई कार्याबाहक दिएर केही दिनदेखि बिदामा रहेको समेत उनले बताए । आगजनी के को लागि ? कस्ले गरेका हुन थाहा नभएको सचिव माधव अधिकारीले बताए । 
    प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी लेखिएको लेटरप्याड र सइनबोर्ड लगायतका समाग्री हटाउन, नचलाउन अनुरोध गर्ने अटेर गरेर आफै हटाइदिने केही दिन अघि प्रेस विज्ञप्ति मार्फत जनाएका थिए । वडाको लेटर प्याडमा कोशी थियो कि थिएन भन्ने प्रस्नमा सचिव माधव अधिकारीले सो बिषय हेर्नुपर्ने बताए । 
    प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको सदस्य डकेन्द्रसिंह थेगिमले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएकोले वडा कार्यालय आगजनी कस्ले गरे आफूहरुलाई जानकारी नभएको बताए । फागुन १७ मा प्रदेशको नाम कोशी राखिएपछि प्रदेशभर कार्यालयहरुमा कालो झण्डा गाड्ने, तालाबन्दी गर्ने क्रियाकलाप बढेको छ । मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुङ्ग र माओवादी (केन्द्र)को संसदीय दलका नेता इन्द्र आङ्बोलाई केही दिन अघि ताप्लेजुङमा आक्रमण भएको थियो भने झापामा प्रदेश सभा सदस्य निरन राईलाई वंश गद्दार घोषणा भएको थियो । आन्दोलनकारीले प्रदेशको नाम कोशी खारेज नभएसम्म ८२ जना सांसद तथा प्रदेशको मन्त्रीहरुलाई कालो झण्डा देखाउने कर्यक्रम निरन्तर रहेको आन्दोलनरत समूहको भनाइ छ । 
    चैत्र ५ गते विराटनगर जनप्रदर्शनमा प्रहरीको लाठि प्रहारबाट पदम लिम्बू (लाजेहाङ)को मृत्यु भएपछि आन्दोलनरत पक्ष झनै आक्रोशित भएका छन् । 
    प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको सुक्रबार (चैत्र १०) बिहान बसेको बैठकले साझ ५ गते १४ जिल्लामा विरोध सभा, १५ गते १ बजेदेखि एक घण्टा यातायात बन्द, मृतक लिम्बूको शब कोशी खारेज नभएसम्मका लागि नबुझ्ने, स्थिति हेरेर आन्दोलन झन कडा बनाउदै लगिने बताएका छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…