• मोरङ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले तेह्रथुमको म्याङलुङ्ग नगरपालिकाले कोशी लेखिएको सइनबोर्ड आइतबार (चैत्र १२) बिहान च्यतेर फालिदिएका छन् ।
    प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेशको बोर्ड नलेख्न, लेटरप्याड नचलाउन अनुरोध गर्ने राखिएमा हटाउने÷लजाउने कार्यक्रम यस अघिनै सार्वजनिक गरेको थियो । 
    संघर्ष समितिको अनुरोधलाई म्याङलुङ्ग नगरपालिकाले नसुनी कोशी लेखेको बोर्डलाई कार्यकर्ताहरुले च्यातेका हुन् । अनुरोध अस्वीकार गरे अझ कडा कार्यक्रम ल्याउने संघर्ष समितिले चेतावनी दिदै आएको छ । कोशी लेखेको लेटरप्याड चलाउन थालेपछि अज्ञान समुहले इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा नं. ५ कार्यालयमा आगो लगाइदिएको थियो । 
    विराटनगरमा चैत्र ५ गतेको प्रहरीसँगको झडपमा परी ४२ बर्षिय पदम लिम्बू (लाजेहाङ)को निधन भएपछि आन्दोलनरथ पक्ष झनै आक्रमक भएका छन् । कोशी प्रदेश नाम खारेजी, लाजेहाङलाई सहिद घोषणा, क्षतिपूर्ति र छानबिन गरी दोषिलाई कारबाही नभएसम्म लाजेहाङको शव समाधिष्ट (अन्त्यष्ठि) नगर्ने प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…