• मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बिहिबार मोरङको पथरीशनिश्रे नगरपालिकामा कोशी लेखिएको साइनबोर्ड मेटिदिनुको साथै नगरको मुख्य गेट र १० वटै वडामा ताला लगाएका छन ।
    प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम राखिएको र पदम लिम्बू (लाजेहाङ) मारिएको विरुद्धमा १४ देखि १७ गतेसम्म स्थानीय पालिकाहरु बन्द गर्न पत्र पठाएका थिए । 
    पत्र पठाउदा पनि बन्द नगर्ने पालिका र वडाहरुलाई ताला लगाएर बन्द गर्नुको साथै कोशी खेखिएको साइनबोर्ड मेट्ने तथा हटाउने कार्यक्रम गर्दै आएका छन् । 
    यसैक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य लोकसागर साम्बा, लिम्बु विद्यार्थी मञ्चको पूर्ब केन्द्रीय अध्यक्ष फिपराज बेघा लगायतको विभिन्न संगठनका कार्यकर्ताहरुले पथरीशनिश्चरे नगरको मुख्य गेटमा ताला लगाएको हो । 

    किरात याक्थुङ चुम्लुङको पथरीशनिश्चरे नगर अध्यक्ष विक्रम लिम्बू, किरात धर्म तथा साहित्य उत्थान संघको दुर्गा लावती लगायतको नेतृत्वमा ताला लगाउनुको साथै कोशी प्रदेश नाम मान्दैनौ, हत्यारा हिक्मत कार्की राजिनामा दे, सहिद लाजेहाङ अमर रहुन लगायतको नारा लगाएका थिए । 

    आन्दोलनकारी समूहले नगरपालिकाले कोशी लेखेको साइनबोर्ड मेटि दिएका छन् । तालाबान्दी र साइनबोर्डमा भएको कोशी मेटेपछि भएको कोणसभालाई सम्बोधन गर्दै युवा नेता लोकसागर साँबाले कोशी नाम खारेजी नभए र लाजेहाङलाई राज्यले सहिद घोषणा, उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताए ।
    मिक्लाजुङ गाउँपालिकामा बुधबार पालिका र ९ वटै वडामा ताला लागेको थियो । किरात मोर्चाको महासचिव तेन्धोङहाङ्ग किरात, किरात राई यायोक्खा पालिका अध्यक्ष हर्क छिन्ताङ, किरात राई विद्यार्थी संघको केन्द्रीय सदस्य सरोज राई, किरात याक्थुङ चुम्लुङ लगायतको टोलीले तालाबन्दी गरेका थिए । 

    यसैगरी बुधबारै मोरङको कानेपोखरी गाउँपालिकामा यायोक्खा मोरङ जिल्ला अध्यक्ष केदार राई, किरात याक्थुङ चुम्लुङ लगायतको नेतृत्वमा पालिका र ७ वटै वडामा तालाबन्दी भएको छ । 
    उर्लाबारी नगरपालिकामा १४ गते नै दिलु लिङ्देन, बाङ्गाइ धिमाल मात्रिका धिमाल, यायोक्खा नगर सचिव नारायण चाम्लिङ राई लगायतको नेतृत्वमा तालाबन्दी गरेका थिए । उर्लाबारीको वडाहरुमा समेत तालाबन्दी गरिएको थियो । 

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…