• लेटाङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले पहिचानवादी आन्दोलन आफै खतरनाक मिसाइल भएको बताएका छन् ।
    प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको मोरङको लेटाङ नगरपालिकामा तालाबन्दी र विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । 
    पूर्बमा राई, लिम्बूको साथै आम पहिचानवादीहरु एकजुट भइसकेको र नाम मागेमा २४ घण्टामा साझा नाम दिने अध्यक्ष लिङ्देनले बताए । प्रदेश सभाबाट कोशी नाम राख्न सांसदहरुको मोवाइल खोसेर, लाइभ प्रशारण काटेर, पत्रकारहरुलाई छिर्न नदिएर जवरजस्ति खुल्ला मतदान गराएर कोशी घोषणा भएको बताए । 
    अध्यक्ष लिङ्देनले दिनदिनै आन्दोलन चर्किदै गएको र आवाजलाई नसुने पहिचानको बम चाँडै बिष्फोट हुने चेतावनी दिए । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कोशी प्रदेश तुरुन्त खारेजी नभए लाखौ जनताले सडक र प्रदेशको राजधानी विराटनगर घेर्ने चेतावनी दिए । शान्तिपूर्ण आवाजलाई अनदेखा भए युवाहरुले एकै रात प्रदेश कब्जा गर्ने उपमहासचिव जम्नेलीले बताए । 
    कोशी नामले प्रदेशबासीको भावनाको प्रतिनिधित्व गर्न नसक्ने बताउदै भोट गर्ने ८२ सांसदलाई समर्थन फिर्ता लिन आग्रह गर्दै फिर्ता नगरेसम्म गाउँ जान सक्ने अवस्था नरहेको राईले बताए । प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले प्रदेशको मन्त्री तथा सांसदहरुलाई कालो झण्डा प्रदर्शन र मोसो दल्ने कार्यक्रम घोषणा भएको छ । 
    किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय नेता रामभक्त कुरुङ्बाङको संयोजनमा भएको कार्यक्रमा स्वतन्त्र युवा जयराज केरुङले पूर्बमा ‘किरात लिम्बुवान’ घोषणा नगरे स्वतन्त्र देश निर्माणमा जानसक्ने चेतावनी दिए । कार्यक्रममा किरात मोर्चाको महासचिव तेन्धोङहाङ्ग लिम्बू लगायतले सम्बोधन गरेका थिए । 
    लेटाङ बजार उत्तर यायोक्खाको नगर कार्यालय नजिकैबाट नारा जुलुससहित निस्केको ¥याली नगरपालिका आएर मुख्य गेटमा तालाबन्दी, कालो झण्डा गाड्नुको साथै विरोध सभा भएको थियो । आन्दोलनकारीहरुले आजै लेटाङ्को सम्पूर्ण वडा तालाबन्दी गरेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…