• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने ‘सहिद रत्नकुमार बान्तवा देस्रो राष्ट्रिय खुल्ला फिडे रिटिङ बुद्धिचाल प्रतियोगिता—२०७९’ खेल्न आधा दर्जन बढी राष्ट्रिय च्याम्पियनहरु आउने भएका छन् । 
    फ्रेण्डसीप चेस क्वबको आयोजनामा चैत्र २४ देखि २७ गतेसम्म प्रतियोगिता हुँदैछ । प्रतियोगितामा खेल्न बुद्धिचालको वर्तमान राष्ट्रिय च्याम्पियन पुरुसोतम चौलागाई, पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तन्दुकर, बिमललाल श्रेष्ठ, सुरवीर लामा, केशव श्रेष्ठ, मनिस हमाल, निरज निरौला लगायतका यो क्षेत्रको चर्चित खेलाडीहरु आउने आयोजक संस्थाको अध्यक्ष अमिर राईले बताए । प्रतियोगितामा देशभरबाट १५० खेलाडी आउने सचिव लोकसागर साम्बाले जानकारी दिए । 
    खेल बिजेतालाई ५१ हजार नगद, तोस्रो, तेस्रो, चौथो, पाँचौ हुनेलाई क्रमस ३५, २५, २०, १५ हजार नगद, प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरिने आयोजक समितिको सदस्य डम्बर बाछना राईले बताए ।
    नगद ५१ हजारदेखि क्रमस १५ औं हुनेलाई सात हजार गरी १५ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रदेश, मोरङ जिल्ला, पथरीशनिश्चरे नगर च्याम्पियनसहित दोस्रो, तेस्रो, पथरीशनिश्चरेमा रहेका विद्यार्थीहरु, अन्डर १६, महिला लगायत गरी १६ वटा क्याटागोरी गरेर जम्मा ३१ वटा नगदसहितको पुरस्कार प्रदान गरिने संस्थाको कोषाध्यक्ष डीबी लिम्बूले बताए । 
    बुद्धिचाल खेलाडी उत्पादन, बिकास गर्ने, खेलको माध्यमबाट नगरलाई परिचित गराउने लगायतको उदेश्यले पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा बर्षेनी प्रतियोगिता हुँदै आएको छ । 
    नगद पुरसकार तीन लाख २० हजार ७००, खेलाडीहरुका लागि लजिङ, ब्यबस्थापन गरी करिव १६ लाखको लागतमा प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको आयोजक रोहित सुब्बाले बताए । 
    रत्नकुमार बान्तावा पञ्चायतको विरुद्धको आन्दोलनमा इलामको इभाङमा प्रहरीले गोली हानेर हत्या गरेका थिए । बान्तावासँगै उनका भाइलाई पनि प्रहरीले सोही बेला हत्या गरेका थिए । सहित बान्तावाको सम्झना, योगदानको कदर गर्ने उदेश्यले प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…