• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित ‘सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७९’ को उपाधि पूर्ब राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जितेका छन । 
    मोरङको पथरीशनिश्चरेमा स्थापित फ्रेण्डसीप चेस क्वबको आयोजना गरेको प्रतियोगितामा १५ वटा मुख्य र १६ वटा क्याटागोरी गरेर ३१ वटा नगदसहितको पुरस्कारको ब्यबस्था गरेको थियो । 
    प्रतियोगितामा खोमप्रसाद तिम्सिना दोस्रो, प्रकाशचन्द्र नेपाल तेस्रो र पुकार राई चौथो पुरस्कार जितेका छन् । 
    नवीन तन्तुकार, पुरुषोतम चौलागाई, सुमन श्रेष्ठ, विश्वविजय घिमिरे, भुपेन्द्र निरौला, प्रेम लिम्बू, रिसन थापा, चुडामणी कुलुङ राई, लोकसागर साम्बा, बलबहादुर तामाङ र निलम बस्नेत क्रमस पाँचौदेखि मुख्य १५ स्थानको पुरस्कार जितेका छन् । 
    प्रथम, दिद्धिय, तृतीय र चौथो हुने खेलाडीहरुलाई क्रमस ५१, ३५, २५ र २० हजार नगद प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । पाँचौदेखि १५ औं खेलाडीहरुलाई १५ हजारदेखि क्रमस ७५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । 
    क्याटागेरी स्थानहरुमा बसन्त लामा प्रदेश नं. १ को प्रथाम, अनरेटेडमा बलबहादुर बस्नेत, भ्याट्रनमा उध्धपराज थापा, महिलामा सिन्दिरा जोशी, इलो १७०० मा प्रशान्तदास चेम्जोङ, इलो १५०० अबिन पाण्डे, स्थानीय विद्यालय प्रथम पुस्कर राई, दोस्रो बिप्लव मगर, फरक क्षमता भएका मध्ये क्रिस सेनेहाङ, अनुशासित खेलाडीमा रोहित सुब्बा, १४ बर्ष मुनिकामा पुर्निमा गुरुङ, १० बर्ष मुनि खेलाडीमा युआन बज्रचार्य, उत्सव थापा, सौरव बस्नेत र उदियमान खेलाडीमा आयुस मगरले जितेका छन् । 
    प्रतियोगिताको मोरङ प्रथम उमेश राई भएका छन् भने पथरीशनिश्चरेका खेलाडीहरु मध्ये कृष्णकुमार राई प्रथम, देवेन्द्र वनेम दोस्रो, जीवन राई तेस्रोे भएका छन् । 
    देशभरबाट ११५ जना खेलाडी सहभागि भएको प्रतियोगिताको पुरस्कार पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको हातबाट प्रदान गरिएको थियो । 
    पञ्चायती शासन विरुद्धको आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएको २७ बर्षिय रत्नकुमार वान्तावाको सम्झनामा पथरीशनिश्चरेमा बर्षेनी प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नगद पुरस्कार मात्र तीन लाख २० हजार ७०० प्रदान गरिएको खेल आयोजक फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमिर राईले बताए । 
    कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, पूर्ब प्रमुख दिलिपकुमार राई लगायतले शुभकामना दिएका थिए । बधाई शुभकामना दिने क्रममा स्थानीय वाल्मीकी माविका सञ्चालक नोवलकिशोर राईले विद्यालयमा यसी शैक्षिक सत्रदेखि बुद्धिचाल खेल समावेश गर्ने बताए ।
    चैत्र २४ देखि २७ गतेसम्म भएको प्रतियोगितामा खेल्न बुद्धिचालको वर्तमान राष्ट्रिय च्याम्पियन पुरुसोतम चौलागाई, पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तन्दुकर, भुपेन्द्र निरौला, महिला च्याम्पियन सिन्रिा जोसी लगायतका खेलाडीहरु आएका थिए । 
    अन्तर्राष्ट्रिय रुपमा अनुभव प्राप्त खेलाडीहरु सुबासचन्द्र नेपाल, राजन सुवेदी, रामसुरतप्रसाद साहा, अविन पाण्डे, कमल बेलबासे लगायतका खेलाडीहरु सहभागी रहेको आयोजक संस्थाका सचिव लोकसागर साम्बाले बताए । 

    एकतीस मध्ये १५ वटा पथरीशनिश्चरेका खेलाडीले जिते पुरस्कार 

    ‘सहिद रत्नकुमार बान्तवा देस्रो राष्ट्रिय खुल्ला रिटिङ बुद्धिचाल प्रतियोगिता—२०७९’ मा राखिएको ३१ वटा मध्ये १५ वटा स्थानीय पथरीशनिश्चरे नगरका खेलाडीले पुरस्कार जितेका छन् । 
    प्रतियोगिताको चौथो पुरस्कार नगरका पुकार राई, लोकसागर साम्बा १३ औं र निलम बस्नेतले १५ औं पुरस्कार जितेका छन् । 
    पथरीशनिश्चरेका खेलाडीहरु स्थानीय मध्ये कृष्णकुमार राई प्रथम, देवेन्द्र वनेम दोस्रो, जीवन राई तेस्रोे भएका छन् । भेट्रानमा उध्धवराज थापा, अनरेटेडमा बलबहादुर बस्नेतले जितेका छन् । 
    स्थानीय स्कुलहरुमा पुस्कार राई रेडस्टार, बिप्लाव मगर किर्तिपुर एकेडेमीले पुरस्कार जितेका छन् । फरक क्षमता भएका मध्ये पथरीकै कृष बस्नेत, युआन बज्रचार्यले जितेका छन् । किर्तिपुर एकेडेमी पथरीशनिश्चरेकै गौरव बस्नेत र उत्सव थापाले पनि पुरस्कार जितेका छन् ।


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…