• मोरङ । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा रहेको प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आज (सोमबार) मुख्यमन्त्री र प्रदेश सभालाई १० गतेसम्मको अल्टिमेटम पत्रको स्मरण गराएका छन् । 
    संयुक्त संघर्ष समितिले चैत्र २६ गते सभामुख बाबुराम गौतम र मुख्यमन्त्री हिक्मत कार्कीको कार्यालय पुगेर अल्टिमेटम पत्र बुझाएका थिए । अल्टिमेटम पत्र बैशाख १० गतेसम्मको लागि भएको सो बेलासम्म माग पुरा नभए कडा आन्दोलन थाल्ने संघर्ष समितिले जनाएको छ । 
    सोमबार (बैशाख ४) किरात राई यायोक्खा विराटनगर महानगर समितिको अध्यक्ष विष्णु राई, किरात याक्थुङ चुम्लुङको नगर अध्यक्ष कुमार सुब्बा लगायतको टोली मुख्यमन्त्री र सभामुखको कार्यालय पुगेर अल्टिमेटम पत्र दर्ता गराएर पुनः स्मरण गराएका हुन् । 
    आन्दोलनरत पक्ष शान्तिपूर्ण रुपमा कोशी नाम खारेजीको पक्षमा रहेको अल्टिमेटम पत्रमा उल्लेख छ । सरकार पक्ष आन्दोलनकारीलाई गलाउने, थकाउने, आन्दोलनलाई कम आँकेर दबाउने प्रयास भए जीवन मरणको संघर्ष सुरु हुने अल्टिमेटम पत्रमा उल्लेख छ । 
    अल्टिमेटम पत्रमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेन, नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचानसहितको प्रदेश नं. १ पुनः नामरण अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा संघको महासचिव लाक्पा शेर्पाको हस्ताक्षर रहेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…

मोरङ । बालिका होटलमा ल्याएर यौन कार्य गरेको अभियोगमा ३५ बर्षिय देबजित दासलाई जबरजस्ति करणी मुद्धा दर्ता भ…