• काठमाडौं । बिबिसी नेपाली सेवाका पत्रकार तथा  झापाबाट प्रसारण हुने सूर्योदय टेलिभिजन सम्पादकले सोहि टेलिभिजनमा कार्यरत एक पत्रकार महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ। 

    सूर्योदय टेलिभिजनमा कार्यरत ती पत्रकार नाम परिवर्तन (सर्मिला  लिम्बुलाई ) सोही टेलिभिजनका सम्पादक उमाकान्त खनालले यौन दुर्व्यवहार गरेको र उक्त घट्नापछि उनलाई कामबाट समेत विस्थापित गरिएको छ। 


    ।खनालले छोरी मान्छे देखे आफन्त पर्नेलाई समेत दुर्व्यवहार गर्ने झापाका एक पत्रकारले बताए। यौनाशोषणका नाममा बिबादमा आईरहने पात्र रहेको ति पत्रकारले बताए।
    ।खनालले छोरी मान्छे देखे आफन्त पर्नेलाई समेत दुर्व्यवहार गर्ने झापाका एक पत्रकारले बताए। यौनाशोषणका नाममा बिबादमा आईरहने पात्र रहेको ति पत्रकारले बताए।

    यस घट्नाबारे विज्ञप्ति जारी गर्दै महिला पत्रकारहरुको संगठन सञ्चारिका समूहले ध्यानाकर्षण भएको र दोषीलाई कारवाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गरेको छ ।

    ‘यस निन्दनीय घट्नाप्रति सञ्चारिका समूह खेद व्यक्त गर्दछ र दोषीलाई कारवाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गर्दछ’ संस्थाका महासचिव बसन्ती बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महिलामाथि भएको यौन हिंसाको घटनामाथि छानविन गरी दोषीलाई कारवाही गरी पीडितको पेशागत सुरक्षाको ग्यारेन्टी नभए यस्ता घटनाले पत्रकार महिलाहरुको जीवनरक्षा र पेशागत दायित्वमाथि गम्भीर आघात पुग्ने छ ।’

    यौन दुव्र्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारवाहीको दायरामा ल्याउन र पीडित पत्रकारको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेशागत सुरक्षाको प्रवन्ध गर्न समेत माग गरिएको छ ।

    ‘यौन दुव्र्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारवाहीको दायरामा ल्याउन र पीडित पत्रकारको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेशागत सुरक्षाको प्रवन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष सञ्चारिका समूह जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…