• मोरङ । कोशी नाम खारेजीको आन्दोलनरत संगठनका नेताहरुले एमाले युवाहरु दास मनोदृष्टि त्यागेर वैचारिक राजनीतिमा लाग्नु आग्रह गरेका छन् । 
    सोमबार (बैशाख १८) मोरङको उर्लाबारी मंगलबारेमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने भएपछि कालो झण्डासहित विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पहिचानवादी नेताहरुले सो कुरा बताएका हुन् । 
    मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारण सभामा मुख्यमन्त्री कार्की आउने भएपछि पहिचानवादी आन्दोलनरत नेता कार्यकर्ताहरु प्रतिष्ठान छिर्ने सडक कब्जा गरेर कालो झण्डासहित नारा जुलुस गरेका थिए । 
    मुख्यमन्त्री हिक्मत कार्की प्रतिष्ठान छिर्ने मुख्य सडक प्रयोग नगरी आन्दोलनरत पक्षले थाहा नपाउने गरी लुकेर सहायक बाटोहुदै बाहिरिएपछि कोणसभाको आयोजना भएको थियो । 
    कोणसभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)ले एमालेले जति विरोध ग¥यो पहिचान पक्षधरहरु अझ बलियो र मजमुद भएर सडकमा आउने बताए । लिङ्देनले कोशी नाम खारेजी नभए प्रदेश सभाको आउने बर्षे अधिवेशन चल्दै नदिने ठोकुवा गरे । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले एमाले युवाहरु राजनीतिक दास बन्न नहुने भन्दै सहि विचारको राजनीतिमा लाग्न आग्रह गरेका छन् । बृहत नेपाली शब्द कोषमा कोशी भनेको नदी नभएर कौशिक ऋषि भएको प्रसंग उल्लेख गर्दै यो नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने राईको तर्क थियो । पहिचानको आन्दोलन प्रदेशबासीको शान्ति, संमृद्धि र समाजवादको लागि भएको उल्लेख गर्दै युवाहरु कुनै एउटा नेताले भनेको मान्ने, दिएको खाने दास मनोदृष्टि त्यागेर सहि विचारसहित एमालेमा नयाँ नेतृत्व स्थापित गर्नुपर्ने यायोक्खा उपमहासचिव राईको भनाइ थियो । 
    कार्यक्रममा जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिको मुख्यसचिव केदार धिमालले एमाले अध्यक्ष केपी ओलीले प्रदेशको नाम कौशिक गोत्र राखेको बताए । कोशी सप्ताकोसीको पुल दक्षिण भारतमा मात्र बोलिने मुख्यसचिव धिमालको भनाइ थियो । धिमाले पहिचान विरुद्ध बोल्ने एमाले युवाहरु ओलीको अपवित्र पुत्रको संज्ञा दिएका थिए । 
    प्रदेश १ पुनः नामाङ्कण संयुक्त संघर्ष समिति मोरङको संयोजक रामभक्त कुरुम्बाङ लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला संघर्ष समितिको तर्फबाट बेदेन्द्र श्रेष्ठ, रुक्मीनि धिमाल लगायतले सम्बोधन गरेका थिए । 
    मुख्यमन्त्री हिक्मत कार्कीलाई कार्यक्रम स्थल छिर्ने क्रममा कालो झण्डा प्रदर्शन गर्ने योजना भएपछि कार्की मुख्य सडक प्रयोग नगरी विराटनगरबाट रंगेली, इटहरा, सौठाहुदै सहयाक सडकबाट कार्यक्रम भित्र छिरेका थिए । आन्दोलनरत पक्षले मुख्य सडकमा टायर जलाएरसमेत विरोध प्रदर्शन गरेका थिए । 
    करिव दुई सयको संख्यामा रहेका आन्दोलनरक्ष पक्षले मुख्य सडकबाट मदन भण्डारी स्मृति प्रतिष्ठान छिर्ने बाटो कब्जा गर्दै कोशी नाम रारेज गर, कोशी नाम मान्दैनौ, हिक्मत कार्की मुर्दावाद, राष्ट्रिय सहिद लोजेहाङ अमर रहुन लगायतको नारा लगाएका थिए । 
    कोशी नाम राख्न मुख्य भूमिका खेलेको भन्दै मुख्यमन्त्री कार्कीलाई प्रदेशभर कार्यक्रममा हिड्न आन्दोलनरत पक्षले विरोध प्रदर्शन गरेपछि सहज अवस्थामा प्रयोग गर्ने गाडी छाडेर अर्कै काडीमा हिड्ने गरेका छन् । दूई दिन अघि (१६ गते) धनकुटाको नाम्जे जाने भनिएको कार्यक्रममा अवरोध गर्न धरान र भेडेटारमा ब्यापक आन्दोलनरत पक्ष कालो झण्डा लिएर सडकमा निस्कीएका थिए ।
    त्यसपछि  भिजिट रद्द गरेको प्रहरी मार्फत सूचना प्रबाह गरेर अर्कै गाडी प्रयोग गरेर त्याहा पुगेको तस्वीर सार्वजनिक भएको थियो । कोशी प्रदेश नाम खारेजी र इतिहास, भूगोल, सभ्याता, संस्कृतिक पहिचानको आधारमा नाम राख्न एमाले, कांग्रेस, माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताहरु पनि भित्रभित्रै लागिरहेका छन् । कोशी एउटा गोत्र भएको कारण साझा पहिचानको आधारमा नाम राखिनु पर्ने एमाले सम्बद्ध आदिबासी जनजाति कार्यकर्ताको समेत विचार रहेको बुझिएको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…