• मोरङ । बालबालिकाहरुको अतिरिक्त क्षमताको विकास र प्रदर्शन गर्ने उदेश्यले मोरङ पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा ‘बाल साहित्य महोत्सव—२०८०’ हुने भएको छ । 
    नगरमा रहेर बिभिन्न विद्यालयमा अध्ययनरत बाल बालिकाहरुको किताबी ज्ञान बाहेक अतिरिक्त क्षमताको विकास गर्ने उदेश्यले कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा महोत्सव हुन लागेको हो । 
    महोत्सव वैशाख २४ गतेदेखि ३० गतेसम्म पथरी बहुमुखी क्याम्पसमा हुने आज (सोमबार) पथरीको होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् । 
    महोत्सवमा प्रदर्शनको लागि नाटक तयार भएको शब्द थिएटरका जीवन बरालले जानकारी दिए । नाटक बिभिन्न विद्यालयमा अध्ययनरत बाल कलाकारहरुले अभिनय गर्नेछन् । 
    साहित्यमा रुची भएका बालबालिकाहरुलाई गीत, कविता, गजल के, कसरी लेखिन्छ भनेर स्थापित सर्जकहरुको उपस्थितिमा कार्यशाला गोष्ठि चलाइने लक्ष्मी फुयलले बताए । 
    त्यसैगरी नृत्य बारे राम बिक, गायनमा अर्जुन सिन्चुरी, वक्तित्व कला बारे शम्भूराज घिमिरे र सेरामिक बारे एभरेष्ट आर्ट फ्युजनको संयोजनमा कार्यशाला हुने कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष अमिर राईले बताए । 
    महोत्सव भर पुस्तक तथा विज्ञान, लोक वाजा, भेषभुषा प्रदर्शनी, बुद्धिचाल लगायत खेलकुद गतिविधिको साथै खाद्य स्टलहरू राखिने आयोजक समितिको सचिव सरोज तिम्सिनाले बताए । 
    बिभिन्न जातीय सांस्कृतिक झाँकीसहितको नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा हुने उद्घाटन कार्यक्रममा कला साहित्यमा योगदान पु¥याउदै आएका सरोजा खड्गीलाई नगदसहित सम्मान गरिने आयोजक सपितिका अध्यक्ष अमिर राईले बताए । बाल बालिकाहरुको अतिरिक्त क्षमता वृद्धिको लागि महोत्सव उपयुक्त हुनेदेखिन्छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…