• मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा सम्सेर लिम्बूको संयोजकत्वमा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ । 
    लिम्बू नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समितिको अध्यक्ष हुन् । समितिको सहसंयोजकहरुमा श्री धिमाल, मणिराज याक्खा, सचिवमा नारायण चाम्लिङ राई र कोषाध्यक्षमा अञ्जु लिङ्देन चयन भएका छन् । 
    गठित संयोजन समितिको आयोजनामा नगरमा पुनः ब्यापक उपस्थितिमा महासंघमा आबद्ध सम्पूर्ण संस्थाको पदाधिकारी सदस्यहरु सदस्य रहनेगरी समिति बिस्तार गरिने सचिव नारायण चाम्लिङ राईले बताए । 
    बैशाख १७ गते होटल सिङ्घिममा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बा, जिल्ला संघर्ष समितिको अध्यक्ष रामभक्त कुरुम्बाङ, सचिव जयराज संयोग, सदस्य बेदेन्द्र श्रेष्ठ, रुकमिनि धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको जिल्ला अध्यक्ष जीवन खेवा लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…