• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यमा बिन्दु राई र बेदनिधि खनाल चयन भएका छन् । 
    आज भएको सञ्चालक समितिको बैठकले राई र खनाललाई सदस्य मनोनित गर्ने निर्णय भएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले बताए । बेदनिधि खनाल पथरीशनिश्चरे नगरमा स्थापित एभरेष्ट बोर्डिङ स्कुलमा लामो समयदेखि शिक्षण पेशामा आबद्ध शिक्षक तथा राजनीतिक सामाजिक ब्यक्ति हुन् । विन्दु राई गएको स्थानीय निर्वाचनमा पथरीशनिश्चरे नगरमा उप प्रमुखको उमेद्वार हुन् । 
    त्यसैगरी पथरीशनिश्चरे नगरको निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन भएको छ । समितिको सदस्यहरुमा निवर्तमान उपप्रमुख यमुना बिष्ट, परशुराम कार्की, शिव तिम्सिना र रुपनारायण भट्टराई रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरिएको अध्यक्ष रामकुमार बस्नेतले जनकारी दिए । पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा बैशाख २२ गते हुदैछ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…