• मोरङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बुवान प्रान्तीय मञ्चको अध्यक्ष कुमार लिङ्देन (मिराक)ले कोशी नाम प्रदेश खारेजीको लागि बिद्रोहको गर्न तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 
    मञ्चको आज (बुधबार) मोरङको पथरीशनिश्चरे—३ मा निर्वाचन क्षेत्र स्तरीय भेला भएको थियो । मोरङ ३ नंं क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । 
    पहिचानको आधारमा नाम दिन सत्ता पक्षीय नेताहरु नमान्ने भएकोले विद्रोहको लागि तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन । 
    अध्यक्ष लिङ्देनले संघीय राज्य व्यवस्था बिघटनको लागि षड्यान्त्र भइरहको भन्दै एमाले र कांग्रेस पार्टीले सुनियोजित रुपमा घण्टीमा भोट दिएको तर्क प्रस्तुत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय खारेजीको माग उठाएको छ । ठूला दुई पार्टीले आफै संघीय राज्य व्यवस्था खारेजीको प्रस्ताव लान नमिलेपछि घण्टीमा भोट लगाउन लगाएको लिङ्देनको आरोप थियो । 
    अध्यक्ष लिङ्देनले मञ्च बिभाजन भएर गएका नेताहरुलाई लक्षित गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बिघटन गराउने षड्यान्त्र पुरा नहुने बताए । बिभाजित भएर जाने नेताहरुलाई लक्षित गर्दै चार बर्षसम्म पार्टीलाई निष्कृय बनाएको र नागरिक उन्मुक्ति पार्टीमा गएपछि टाउको तेल लगाएर कार्यक्रमहरुमा देखिने गरेको बताए । 
    कार्यक्रममा मञ्चको बरिष्ठ उपाध्यक्ष ज्ञानु इङ्बुङ, केन्द्रीय सदस्य दिलु लिङ्देन खसान मञ्चको अध्यक्ष रघुवीरसिंह ठगुन्ना लगायतले विचार राखेका थिए । 
    भेलामा जनता समाजवादी पार्टीको निवर्तमान पथरीशनिश्चरे नगर अध्यक्ष परशुराम चोङबाङ लिम्बू लगायत ५० भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । 
    परशुराम चोङबाङ जसपाको तर्फबाट गएको स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे वडा नं. ३ बाट वडा अध्यक्षको उमेद्वार उठेका थिए । 
    चोङबाङसँगै छत्रबहादुर लिम्बू, जहरमान साँबा, सानुमाया लिम्बू, सनपाल योङहाङ, डिल्लिराम खोक्लिङ लगायत रहेका छन् । नव प्रवेसी सदस्यहरुलाई मञ्चको केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले खादा लगाएर स्वागत गरेका थिए । 
    भेला संगठनको ३ नं. क्षेत्रीय संयोजक दिनेश राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ कतारले पठाएको हेलमेट वितरण भएको मञ्चका स्थानीय नेता धनप्रसाद लिम्बूले बताए । हेलमेट आन्दोलनमा जाँदा लगाएर जानको लागि वितरण भएको हो । पहिचानको आन्दोलनमा प्रहरीसँगको झडपमा ४२ बर्षिय पदम लिम्बू (लाजेहाङ)को टाउकोमा लागेर साहदत भएपछि आन्दोलनमा जाँदा हेल्मेट लगाएर जानेगरेका छन् । 

    क्षेत्रीय समितिमा चोङबाङ्ग, एकै भेलामा तीन समिति गठन


    मञ्चको आज भएको भेलाले मोरङ २ नं. निर्वाचन क्षेत्र (क)मा परसुराम चाङबाङ्गको अध्यक्षमा १६ सदस्सीय समिति चयन भएको छ । उपाध्यक्षहरुमा यामकुमार तामाङ, चन्द्र लिम्बू, अर्थ सचिवमा कल्पना कलिकोटे लगायत रहेका छन् । 
    त्यसैगरी दिनेश राईको संयोजकत्वमा २७ सदस्सीय लिम्बुवान भोलेन्टियर्स (एल.भी.) गठन भएको छ । सोही भेलाले छत्रबहादुर लङ्वाको अध्यक्षतामा १८ सदस्यीय पथरीशनिश्चरे ३ नं. वडा समिति समेत गठन भएको छ । वडा समितिको उपाध्यक्षहरुमा सुमन लिङ्लेखु, कुमारी आङ्बुहाङ र अर्थ सचिवमा बिष्णुमाया साँबा चयन भएका छन् । 

     


     

सम्वन्धित समाचार

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…