• मोरङ । मोरङको पथरी शनिश्चरे वडा नं. १ स्थित पथरी बजारलाई स्मार्ट सिटी (सहर)को रुपमा बिकास गर्नुपर्ने सुझाव पेस भएको छ ।
    बिहिबार वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडा बासीहरुले सो सुझाव दिएका हुन् । 
    पथरी बजार नगरपालिकाको सदरमुकाम हो । वडाको ९५ प्रतिशतभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने खानेपानी, विद्युतको अभाव छैन । वडामा क्याम्पस तथा सरकारी र निजी शैक्षिक संस्थाहरु प्रशस्त रहेका छन् ।
    पथरी बजारमा सफा, सुग्घर राख्न, सुरक्षा व्यवस्था अझ मजबुँद बनाउन र बिभिन्न सुगन्धित फुलहरुको गार्डेनहरु निर्माण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्ने बेला भएको सुझाव पेस भएको हो । 

    ट्राफिक जाम हुनेगरी बजारको सडकमै लाग्ने हाटबजारलाई व्यवस्थित गरेर स्वदेशी उत्पादनको लत्ता कपडा र कृषि बजार स्थापित गर्नुपर्ने सुझाव दिएका थिए । बजार भएर बग्ने पथरी पैनी सफा हुनुपर्ने र बजार भित्र पालिदै आएको पशुपंक्षि हटाइनु पर्ने सुझाव पुनः पेश भएको छ । नयाँ जनप्रतिनिधिहरु आएपछि लोकल बस स्टेन सारेर मुख्य सडक क्लियर गरेको, बजारमा ट्राफिक जाम हटाउने प्रयास गरेको प्रति पंशसा समेत भएको थियो । 
    कार्यक्रममा १ नं. वडा अध्यक्ष भीम राईले एक बर्षको भौतिक तथा सामाजिक विकासको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । वडाबासीहरुले उठाएको जिज्ञासाको अध्यक्ष राई, कार्यपालिका सदस्य वीरध्वज शिवा र वडा सचिव इन्दु सुवेदीले जवाफ दिनुभएको थियो । 
    कार्यक्रममा प्रदिपकुमार राई, रोशन हाङबाङ, मोहन श्रेष्ठ, हेमभक्त तमु, चन्द्रबहादुर खड्का लगायतले जिज्ञासा राखेका थिए । नगरकी उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, आरती विश्वकर्मा सहभागि रहेका थिए । 

सम्वन्धित समाचार

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…