• मोरङ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा आज(सोमबार)देखि पाँच दिने सिप बिकास तालिम सुरु भएको छ । 
    आदिबासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु भएको हो । 
    कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा संघीय उपमहासचिव तथा फोनिज प्रदेश १ का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईले कोशी नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कोशी नाम खारेज नभएसम्म आन्दोलनमा जुट्नुपर्ने बताए । 
    कोशी नामले मात्र होइन बिभिन्न पार्टी नेताहरुको नाममा अस्पताल, सडक, रंगशालाहरुको नाम राखिनुले आदिबासी जनजातिको पहिचान मेटिदै गएको उल्लेख गर्दै प्रदेशबासीको आत्मा सम्मानको लागि कोशी खारेज गरेर पहिचानको आधारमा नाम राखिनु पर्ने बताए । 
    प्रदेशको नाम खारेजीको लागि राजनीतिक पार्टीहरु र सामाजिक संगठनहरु समेत लागिरहकोले बिजय निश्चित भएको प्रमुख अतिथि राईले बताए । 
    कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबे, नेपाल तामाङ घेदुङ प्रदेश समिति सचिव चन्द्र तामाङ, महासंघ पूर्ब नगर अध्यक्ष हेमभक्त तमु लगायतले शुभकामना राखेका थिए । 
    शुभकामना राख्ने क्रममा नेपाल तामाङ घेदुङ संघको प्रदेश सचिव चन्द्र तामाङले नगरको कला, भाषा तथा साहित्य उत्थानसँग सम्बन्धित समितिमा आदिबासी जनजाति महासंघलाई सहभागि गराइनु पर्ने बताए । 
    नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र वनेमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष बिक्रम लिम्बूले सञ्चालन गरेका थिए । नगरमा रहेको बिभिन्न आदिबासी जनजाति समुदायका सय बढी सहभागि रहने पाँच दिने तालिम रुद्र तामाङद्वारा सहजिकरण हुनेछ । उद्घाटन कार्यक्रममा बिभिन्न जातीय संगठनका नेताहरुको सहभागिता रहेको थियो ।
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…