• मोरङ । प्रदेश नं. १ को नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्न चलिरहेको आन्दोलनलाई प्रभावकारी बनाउने उदेश्यले ‘पहिचानको लागि युवा’ लगायतको युवा संगठनहरु संगठित हुने क्रम बढिरहेको छ । 
    सुक्रबार काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा भएको भेलाले जहरमान थेबेको संयोजकत्वमा २०१ सदस्यीय पहिचानको लागि युवा उपत्यका कार्य समिति गठन भएको छ । 
    समितिको सहसंयोजकहरु कुलदिप राई, तुलाराम मगर रहेका छन् । कौशिक ऋषि एकल नश्लीय÷गोत्रको आधारमा राखिएको नाम कोशीले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै इतिहास, सभ्याता, भूगोल, भाषा, संस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न प्रस्ताव गर्दै प्रदेशमा आन्दोलन चलिरहेको छ । 
    उक्त आन्दोलनलाई प्रभावकारी बनाउने उदेश्यले किरात राई यायोक्खाको महासचिव भीम राईको संयोजकत्वमा पहिचानको लागि युवाको केन्द्रीय समिति गठन भएको छ । 
    केन्द्रीय संयोजक भीम राईको सभापतित्वमा सुक्रबार भएको उपत्यका भेलामा नेपालको पूर्ब संघीय संस्कृति मन्त्री गोपाल किराती, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष गोबिन्द आङवुहाङ, १ नं. प्रदेशको पूर्ब सांसद सौभाग्यवति राई, बिष्णु याक्सो लगायतले शुभकामना मन्तब्य दिएका थिए । केन्द्रीय समितिको सचिव साहास राईले सञ्चालन गरेको भेलालाई सम्बोधन गर्दै संयोजक भीम राईले प्रदेशको नाम शान्तिपूर्ण रुपमा पुनःनामकरण नभए युवाहरु विद्रोहको लागि तयार हुन निर्देशन दिएका छन् । संगठित युवाहरुलाई शारीरिक अभ्याससमेत गराइएको थियो । 
    ‘गाउँदेखी सहरसम्म पहिचानको लागि युवा’ नारासहित पहिचानको लागि युवाहरु मोरङ, सुनसरी, झापा, इलाम, तेह्रथुम, खोटाङ लगायतका जिल्लाहरुमा संगठित हुने क्रम बढ्दो छ । 
    पहिचानको लागि युवा बाहेक किरात फोर्स, लिम्बुवान भोलेन्टियर्स, लाजेहाङ फोर्स, काङ्सोरे फोर्स, बाङ्गाई फोर्सदेखि माङ फोर्ससम्म गठन हुने गरेको छ । 
    पहिचानको आन्दोलन कोशी नाम राखिएकै दिन २०७९ जेठ १७ गतेदेखि आन्दोलन भइरहेको छ । आन्दोलनमा ४२ बर्षिय युवा पदमकुमार लिम्बू (लाजेहाङ)को प्रहरीसँगको झडपमा मृत्यु भइसकेका छन भने गजेन्द्र लिम्बू, सञ्जय राई लगायत १५० भन्दा बढी घाइते रहेका छन् । १५ जनाले मुद्धा खेपिरहेका छन भने इलामा आशिष लिम्बू पुर्पक्षमा थुनामा रहेका छन् । 
    प्रदेश सरकार परिवर्तनको संघारमा रहेको, प्रदेश सभा सक्रिय नरहेको अवस्थामा कोशी नामको लागि हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरु, कोशी नाम खारेजीको आन्दोलनमा लागेका शक्तिलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक हिंसा फैलाउन खोजेको भन्दै पूर्ब प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कालो झण्डा देखाउने जनतालाई पहिचान विरुद्ध हस्ताक्षर गर्ने नेता÷सांसदहरुलाई विरोध प्रदर्शन गर्ने नीति लिएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…