• मोरङ । पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । 
    नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने सिप बिकास तालिम समापन कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएउनु भएको हो ।
    आफू (भट्टराई) जस्तै अनुहारले उत्पीडित समुदायको मुद्धा, पीडा नबुझेको र एकलौटी रुपमा शासन चलाउदै आएको कारण नेपालमा समस्या ग्रस्त भएको भट्टराईको भनाइ थियो ।
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेकी भट्टराईले कोशी नाम विरुद्धको आन्दोलनमा आदिबासी जनजाति, प्रगतिशील खस÷आर्य, दलित, मधेशी, मुश्लिम लगायत सबै लाग्न आग्रह गर्नुभयो । भट्टराईले कोशी नाम विरुद्धको आन्दोलन सफल बनाएरै छाड्ने दाबी गर्नुभयो । 
    कार्यक्रमको बिशेष अतिथि रहनु भएका किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलन कुनै जाति, पार्टी विरुद्ध नभएर नश्लवाद÷जातिवाद विरुद्धको संघर्ष भएको बताउनु भयो ।
    प्रदेश १ मा चलिरहेको आन्दोलन शान्ति, संमृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भएको तर्क प्रस्तुत गर्दै एमाले÷कांग्रेस भित्रका सचेत नेता, कार्यकर्ताहरुलाई खुलेरै सडक संघर्षमा आउनु आव्हान गर्नुभयो । पहिचानको आन्दोलन सफल हुँदा कोही हार्नु नपर्ने प्रदेशबासी जनताको जितहुने उपमहासचिव राईको तर्क थियो । 
    नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे समन्वय समितिको अध्यक्ष देवेन्द्र वनेम लिम्बूको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथि नगरको उपप्रमुख देबिमाया काफ्ले रहनु भएको थियो । प्रमुख अतिथि काफ्लेले तालिमले नगरमा रहेका आदिबासी जनजातिहरुको क्षमता वृद्धि भएकोमा आफू विश्वास्त रहेको बताउनु भयो । उपप्रमुख काफ्लेले आफूहरु खालिखुट्टा हिडेर भूमिगत आन्दोलनमा लागेको स्मरण गराउदै नेतृत्व विकास गर्न अहिले सहिजो भएको बताउनुभयो ।  
    कार्यक्रममा महासंघको पूर्ब अध्यक्ष हेमभक्त तमू, तमु ह्युला छोज धिको नगर अध्यक्ष राजेन्द्र गुरुङ, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष विक्रम लिम्बू लगायतको उपस्थिति रहेको थियो । 
    पाँच दिनसम्म चलेको तालिमको सहजिकरण रुद्र तामाङले गर्नुभएको थियो । भाषण कला, नेतृत्व विकास, प्रस्तावना तथा माइन्युट लेखन तालिमा विभिन्न जातीय समुदायको ५८ जना सहभागिता रहेको थियो । 

     


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…