मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको आखा, कान निशुल्क परीक्षण र उपचार हुने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा मंगलबार (असार १२)देखि नगरमा रहेको सरकारी तथा निजी विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुको निशुल्क आँखा, कान परीक्षण हुने पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले जानकारी दिए ।
मंगलबार पथरीको पञ्चायत माविबाट सुरुहुने आँखा तथा कान परीक्षण शिविरमा दैनिक १८ सयको परीक्षण हुने र ती अंगहरु कमजोर देखिए उपचारमा पठाइने नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यले बताए ।