• मोरङ । पहिचानवादी आन्दोलनलाई होच्याउने र अप्रमाणित कुरा बोलेको भन्दै योगेश भट्टराई विरुद्ध आज इलाममा कालो झण्डासहित विरोध प्रदर्शन भएको छ । 
    मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा संघीय सांसदसमेत रहेका योगेश भट्टराई आज (असार १४) इलाम पुगेका थिए । 
    भट्टराईले केही दिन अघि सदनमा बोल्ने क्रममा पहिचानवादी आन्दोलनकारीहरुले केपी ओलीलाई एम्बुस थापेको, प्रदेश सभामा कोशी नाम प्रस्तावक राम राना मगरलाई आगो लगायको र सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को मृत्यु बारे सहिदकै अपमानहुने गरी बोलेका थिए । 
    भट्टराईलाई प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले ओलीलाई एम्बुस थापेको, राना मगरलाई आगो लगाएको प्रमाणित गर्न र लाजेहाङको मृत्युहुने गरी टाउकोमा प्रहार गर्ने व्यक्ति प्रहरीलाई देखाएर कारबाही प्रकृयामा लाग्न चुनौती दिदै आएको छ । पहिचानको आन्दोलनलाई होच्याउने, सजातीय र बिजातीय साम्प्रदायिक हिंसा फैलाउने ढंगले अप्रमाणित शब्दहरु बोलेको भन्दै पूर्ब प्रधानमन्त्री ओली र योगेश भट्टराई विरुद्ध कोशी नाम खारेजी नभएसम्म कालो झण्डा लगायतको विरोध प्रदर्शन गर्ने नीति लिएको छ । कोशी नामको लागि हस्ताक्षर दिने प्रदेशको ८२ सभा सदस्यसँगै ओली र भट्टराई विरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । 
    सोही क्रममा आज इलाम पुगेका योगेश भट्टराईलाई प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पहिचानको लागि युवाको पोषक लगाएका युवाहरुसहितको टोलीले कालो भण्डा देखाएर विरोध प्रदर्शन गरेको हो । सुरक्षा घेराभित्र इलाम पुगेका भट्टराई विरुद्धको गाडि छेकेर कालो झण्डा प्रदर्शन गर्दै ‘पहिचान विरोधी योगेश भट्टराई—मुर्दावाद’, ‘कोशी प्रदेश नाम—मान्दैनौ’ लगायतको नारा जुलुस प्रदर्शन गरेका थिए ।
    विरोध प्रदर्शनसँगै आयोजित कोण सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक), किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव कृष्ण राई, जसपाको तर्फबाट यम सुब्बा लगायतले विचार राखेका थिए । विरोध प्रदर्शनपछि नेपाल आदिबासी जनजाति महासंघ (इलाम)को कार्यालयमा समीक्षा बैठकसहित कार्यक्रम समापन भएको थियो । 
     ताप्लेजुङबाट निर्वाचन जितेका भट्टराईले सदनमा बोलेको भोलिपल्टै संयुक्त संघर्ष समितिले गृह जिल्ला छिर्न नदिइने घोषणा गरेको छ । योगेश भट्टराई पर्यटन तथा संस्कृति मन्त्री हुँदा रकम छुट्टाएर लिम्बू समुदायको सांस्कृतिक स्थाल तिम्बुङ पोखरीमा बिष्णु मन्दिर निर्माण गरेर तिम्बुङलाई बिष्णु नामकरण गरेर पहिचान मेटाउदै लगेको भन्दै सचेत लिम्बू समूदाय आक्रोसित रहेका छन् ।   

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…