• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले सोमबार दुई दशकदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध पत्रकार फिपराज बेघालाई अग्रज पत्रकारिता सम्मान गरेको छ ।
    बेघासँगै प्रदेश दैनिक अनलाइन नगदसहित पुरस्कृत भएको छ । बेघालाई नगर प्रमुख मोहनप तुम्बापोको हातबाट २० हजार नगद, मुहारचित्र (पेन्टिङ तस्वीर), सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । 
    प्रदेश दैनिक अनलाइनका सञ्चालक÷सम्पादक भीमराज अघिकारीलाई कार्यक्रमको प्रमुख अतिथि मोहन तुम्बापोको हातबाट नगद २५ हजार र प्रशंसा पत्र प्रदान गरिएको थियो । 
    सम्मानित बेघा दुई दशक अघिदेखी पत्रकारी गर्दै आएका छन् । तत्कालीन मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका बेघा, हाल सेवारो पोष्ट अनलाइनको प्रधान सम्पादक रहेका छन् । बेघा कानुन बिषयमा स्नातक गरेका छन् । सामाजिक हिसावले लिम्बु विद्यार्थी मञ्चको पूर्ब केन्द्रीय अध्यक्ष, फोनिज प्रदेश नं. १ को पूर्ब उपाध्यक्ष हुन् बेघा । 
    पथरीशनिश्चरे नगरमा ‘सूचना तथा सञ्चार कार्यविधि २०७५’ले बार्षिक रुपमा एक अग्रज पत्रकार सम्मान, एक उदियमान पत्रकार र एक मिडियालाई पुरस्कृत गर्ने प्रावधान रहेको छ । सञ्चार कार्यविधि अनुसार पथरीशनिश्चरे नगरपालिकाले सर्बप्रथम अर्जुन जम्नेली राईलाई अग्रज पत्रकार सम्मान गरेको थियो । त्यपछि मोहन भट्टराई र यो बर्ष फिपराज बेघालाई सम्मान गरेको हो । उदियमान पत्रकारिता पुरस्कार सर्बप्रथम दिनेश सुब्बा, त्यसपछि कुमार खड्का र भिमराज अघिकारीलाई पुरस्कृत गरिसकेको छ । 
    कार्यक्रममा नगरपालिकामा कार्यरत पत्रकारहरु केशव निरौला, छविराज ढकाल, भूमिप्रसाद पाठक, विवेक न्यौपाने, ईश्वर दुलाल, प्रेम केडी भट्टराई लगायतलाई लेखनवृत्ति रकम प्रदान गरिएको थियो । 
    कार्यक्रममा सम्मानित पत्रकारहरुलाई बधाई दिदै नगरप्रमुख मोहन तुम्बापोले ‘पत्रकारले लेखेको समाचार AK47 हतियार जतिकै खतरा हुने भएकोले प्रमाणित भएका तथ्य बुझेर मात्र प्रकाशन÷प्रशारण गर्नुपर्दछ ।’ अप्रमाणित कतिपय समाचारले मानिसको इन्जतमा दाग लाग्ने र ज्यानसम्म जाने खतरा भएकोले सत्य, तथ्यमा रहेर समाचार प्रकाशन÷प्रशारण गर्नुपर्ने तुम्बापोको सुझाब थियो । 
    सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको सभापतिसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले समाजिक सञ्जाल र कतिपय अनलाइन मिडियाहरुले भ्रामक सूचना प्रकाशन÷प्रशारन हुने गरेकाले मिडियाहरुको महत्व घट्दै गएकोले तथ्यलाई ध्यान दिनुपर्ने बताए । पत्रकार दिनेश सुब्बाले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    कार्यक्रममा नगर प्रवक्तासमेत रहेका ८ नं. वडा अध्यक्ष नवीन कार्की, कार्यपालिका सदस्य मिना तामाङ, फोनिज प्रदेश नं. १ का निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, नगरको लेखा शाखाका प्रमुख पिताम्बर वस्ती, नगरको सूचना सम्पादक सन्तोष राई लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…