• मोरङ । नेकपा (एमाले)को मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा समितिको अध्यक्षमा प्रदिपकुमार राई निर्वाचित भएका छन् । 
    आज (२५ गते) भएको निर्वाचनमा अर्का प्रत्यासि सुनिल खत्रीलाई ६६ को विरुद्ध १४१ मतको बिशाल मत अन्तरले प्रदिपकुमार राई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 
    वडा पार्टीको दोस्रो अधिवेशन असार १८ गते खुल्ला सभा भएको थियो । अध्यक्षमा दुई जनाको उमेद्वार परेपछि आज मतदान भएको थियो । 
    वडामा २४१ प्रतिनिधि मध्ये २०७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित प्रदिपकुमार राईको दोस्रो कार्यकाल हो । प्रत्यासी सुनिल खत्री राई अध्यक्षहुँदा सचिव थिए ।  
    समितिको अन्य पदमा भने सर्वसहमत चयन भएको छ । उपाध्यक्षमा पुन्यबहादुर तामाङ, सचिबमा डिल्लि पौडेल, उपसचिवमा मिता कार्की, दुर्गाप्रसाद अधिकारी चयन  भएको निर्वाचन समितिको सदस्य कुलमनी गुरुङले जानकारी दिए ।
    सदस्यहरुमा साबित्रा कार्की, जानुका ढकाल, टेकबहादुर बस्नेत, लोकनाथ दुलाल, अमित लिम्बू, लिला गौतम, शोभाकुमारी शर्मा, लालबहादुर तामाङ चयन भएका छन् । अन्य सदस्यहरुमा जयबहादुर तामाङ, काजि राई, शिवबहादुर लिम्बू, रमेश राई, रेखबहादुर श्रेष्ठ, प्रमिशा धिमाल, लक्ष्मी सुवेदी, सरिता ढाकाल, राजकुमार गुरुङ, रोमान्सि धिमाल र देवि राई रहेका छन् । 
    अध्यक्षमा वडा पार्टीको दोस्रो कार्यकालको लागि निर्वाचित प्रदिपकुमार राई पथरीबहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्य र सुनाखरी मावि विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष समेत हुन् । निर्वाचित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिको संयोजक देवराज भण्डारीले आजै पद तथा गोपनियताको शफत खुवाएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…