• प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

        मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।

        प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो । 

        आज बिहान निधन हुनुभएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो । 

        त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।
    ---

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…