• मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङद्वारा आज बिराटचोक बजारमा कोशी नाम विरुद्ध नारा जुलुस प्रदर्शन गरेको छ ।  
    संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङद्वारा आयोजना भएको कार्यक्रममा कोशी प्रदेश नाम—मान्दैनौ, कोशी नाम—खारेज गर, पहिचानको आधारमा पुनः नामाकरण गर लगायतको नारासहित बिराटचोक परिक्रमा गर्दै नगरपालिकाको गेट नजिक आएर कोणसभामा परिणत भएको थियो । 
    कोणसभामा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले कथित विश्लेष्कहरु निस्केको भन्दै कोशीलाई खुसी र नदी भन्ने गरेको बताए । नेकपा (एस)का नेता झलनाथ खनाल, प्रदेश सभा सदस्य राम रानामगर लगायले कोशीलाई किराती भाषामा खुसी भन्ने गरेको, पूर्ब मुख्यमन्त्रीले कोशीलाई नदी भनेर अथ्र्याउने प्रयास गरेको  भिडियोहरु आइरहेको छ । यायोक्खा उपमहासचिव राईले सोही बिषयलाई कथित विश्लेष्कहरु भन्दै नेपाली बृहत शब्द कोशमा कौशिक ऋषि भनिएको दोहो¥याउदै भ्रम सिर्जना गर्दै कन्भिन्स नगर्न चेतावनी दिएका हुन् । 
    पहिचानको आन्दोलन कोशी खारेज नभएसम्म नरोकिने बताए । कोणसभा जसपा लिम्बुवान समितिको मुख्यसचिव केदार धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मोरङ जिल्ला उपाध्यक्ष बिशाल विश्वकर्मा, संयुक्त संघर्ष समितिको जिल्ला सचिव जयराज केरुङ लिम्बू लगायतले सम्बोधन गरेका थिए । 
    आज सुन्दरहरैचा—९ स्थित जेसीज भवनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवा कार्यकर्ता भेला राखेको थियो । कार्यक्रममा राप्रपाबाट चुनाव जितेर प्रदेशको पूर्ब मन्त्री समेत रहेका सभा सदस्य भक्तिप्रसाद सिटौला आउने अनुमान गर्दै पहिचानवादीहरु बिराटचोकमा जम्मा भएका थिए । 
    कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु आएपछि भक्तिप्रसाद सिटौला नआएको र गेट, ब्यानरहरुमा कोशी शब्द प्रयोग नगरेको भन्दै कोण सभामा बोल्ने बक्ताहरुले धन्यवाद दिएका हुन् । बक्ताहरुले एमाले, कांग्रेस, माओवादी लगायतका पार्टी, संघ, संगठनहरुलाई समेत कार्यक्रम गर्दा कोशी प्रदेश शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् । 
    संयुक्त संघर्ष समिति सुन्दरहरैचाको अध्यक्ष सुमन याक्खाको नेतृत्वमा भएको कार्यक्रममा किरात राई सुम्निमा संघको केन्द्रीय सचिव माया वान्तावा राई, यायोक्खा जिल्ला उपाध्यक्ष सीता राई लगायत नेताहरु उपस्थिति रहेको कार्यक्रममा सुन्दरहरैचा, केराबारी, पथरीशनिश्चरे, बेलबारी, सुनसरीको इटहरी लगायतबाट नाराजुलुसमा सहभागि भएका थिए । भक्ति प्रसाद सिटौला राप्रपा कार्यक्रममा नआएपछि कालो झण्डा बिन नारा जुलुस गरेका थिए । १२ नं. वडामा रहेको सुन्दरहरैचा नगरपालिका गेट नजिकै कोणसभा गरेका हुन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…