•  २०७४ फागुन २१ सोमबार

    काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने कसरतले वाम गठबन्धनको मन्त्रिपरिषदमा ढिलाई भइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिईसक्नुपर्ने मिति नजिकै आइसक्दा मन्त्रिपरिषद् भने दोस्रो पटकपछि विस्तार गर्न सकेका छैनन् ।

    अहिले उनको मन्त्रिपरिषद् ७ सदस्यीय मात्रै छ ।

    मन्त्रालयको संख्या घटेपछि त्यही मध्यका केही मन्त्रि अलपत्र परेका छन् ।

    प्रधानमन्त्री केपी ओलीसँग फागुन ३ गते जनसंख्या तथा वातावरण मन्त्रीको सपथ खाएका लालबाबु पण्डित नै अलपत्र परेका छन् ।

    उनीसँगै सपथ लिएकी थममाया थापाको पनि हालत उही हो ।

    लालबाबुको सपथ रोचक थियो ।

    पाँच मिनेटमा सपथ खान शीतलनिवास आउन भन्दा उनले दुई मिनेटमा दौरा सुरुवाल लगाएका थिए ।

    अहिले उनी अलपत्र छन् ।

    सोमबार उनको मन्त्रालय पुग्दा कर्मचारी थिए  उनी भेटिएनन् ।

    उनको ‘डोर प्लेट’मा बाहिर लेखिएको थियो । त्यही काम गर्ने एक जनाले सोधिहाले कसलाई खोज्नु भा ? मन्त्री ज्यूलाई ।

    उनले भने, ‘उहाँ नआउनु भएको त कति भइसक्यो ।’ कारण केही होइन । उनको मन्त्रालय अब उनीसँग रहेन ।

    उनी रहेको मन्त्रालयको जनसंख्या स्वास्थ्यमा र वातावरण वनमा गाभिएको छ । तर, डोर प्लेटमा उनकै नाम छ  ।

    जनसंख्या तथा वातावरणमन्त्री ।

    अहिले बनेको वन तथा वातावरण मन्त्रालयको बाहिर मात्रै वन तथा वातावरण मन्त्रालय लेखिएको छ ।

    भित्र सांगठनिक संरचना र मन्त्री बस्ने ठाउँ व्यवस्थापन भइसकेको छैन । मात्र नामाकरण भएको छ ।

    मन्त्रालयका एक कर्मचारीले भने, ‘वातावरण मन्त्रालय त यही हो । मन्त्री उतै हुनुहुन्छ । पुरानैमा ।’

    वातावरण मन्त्रालयकी प्रवक्ता लक्ष्मी कुमारी बस्नेतले मन्त्रालयको कार्यविभाजन नियमावली राजपत्रमा प्रकाशन भएको तर, आधिकारिक पत्र आइनसकेको सुनाइन् ।

    उनले भनिन्, ‘अहिले सांगठनिक संरचना बनाउने काम भइरहेको छ ।

    सचिव ज्यूहरु सबै व्यस्त हुनुहुन्छ । प्रधानमन्त्री कार्यालयले खाका बनाउन दिएको समय सकिँदैछ । सबैजना व्यस्त हुनुहुन्छ ।

    प्रधानमन्त्री कार्यालयमा पनि अहिले भ्याइ नभ्याई छ  सबै छलफलमै छन् ।

    ओलीको पहिलो रोजाईमा परेका मन्त्री पण्डित भने अलमलमा छन् ।

    उनले अहिले आफ्नो कुन मन्त्रालय हो भन्ने नै थाहा नभएको बताए ।

    वन तथा वातावरण माओवादी केन्द्रको भागमा परेपछि उनलाई अफ्ठेरो परेको हो ।

    केही दिन अघिसम्म त मन्त्री पण्डित एक वर्षभित्र काठमाडौंलाई मास्क मुक्त बनाउँछु भन्ने अभिव्यक्ति दिँदै थिए ।

    अहिले उनी आफै अलपत्र छन् ।

    काठमाडौंको धूलो कसरी कम हुन्थ्यो र !

सम्वन्धित समाचार

मोरङ । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्ताबहादुर ल…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम वडा अध्यक्ष भेट्रान पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता—२०८१ आज…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …