• मोरङ । विभिन्न सर्जक÷कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस आज समापन भएको छ । 
    यायोक्खा केन्द्रीय समितिको आयोजनामा संघीय अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा ललितपुरको कृष्टल पार्टी प्यालेसमा स्थापना दिवस समापन भएको हो । 
    स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, नेपाली भाषाका महागायक राजेशपायल राई, रुपकुमार राई, इतिहासकार दिनेशराज पन्त, लेखक चन्द्र वाम्बुले राई, कृतितर्फ लोकबहादुर बायुङ राई, सुकराज राई, खुक्सङ खम्बु राई, सर्जक भद्रगोल किराती, खेलाडी प्रिया राई, सम्मानित तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यावारिधि गर्ने शान्तिदेवी राई,  भरत राई, रामकुमार राई, हरिध्वज राईलाई सम्मान गरिएको छ ।

    त्यसैगरी पत्रकारहरु दिपिन राई, श्रृशिसा राईलगायतलाई सम्मान र विद्यार्थीहरुलाई छात्रावृति प्रधान गर्दै यायोक्खाको ३६ र्औ स्थापना दिवस मनाइएको हो । 
    कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, सम्मानित व्यक्ति महागायक राजेशपायल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली राई लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
    यायोक्खाले स्थापना दिवसको अवसरमा विभिन्न बिषयमा विद्यावारिधी गर्ने व्यक्तिहरु, कला, सहित्य, पत्रकारिता क्षेत्रबाट संस्था र समुदायलाई योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । त्यस्तै गरेर खोज अनुसन्धानदाता र प्रकाशित पुस्तकलाई पुरस्कृत गर्दै आएको छ । 
    यायोक्खा केन्द्रीय महासचिव भीम राईद्वारा सञ्चालित कार्यक्रममा सहअध्यक्ष ज्ञानबहादुर राईले स्वागत मन्तब्य दिएका थिए । 

    मोरङमा वृक्ष रोपन


    किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले वृक्ष रोपन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका छन् । 
    यायोक्खा नगर अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा संगठनको केन्द्रीय उपमहाचिव समेत रहेका प्रमुख अतिथि अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    वक्ताहरुले १ नं. प्रदेशको नाम कोशी खारेजीको आन्दोलनकै रुपमा स्थापना दिवस मनाइएको बताए । नगर सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रममा कोशी नाम खारेजी नभएसम्म आन्दोलन जारी रहने वक्ताहरुको उद्घोष थियो । 
    साकेला थानमा रहेको यलम्बरको मुर्ति अगाडी आयोजित शुभकामना आदानप्रदानपछि परिसरमा विभिन्न जातका विरुवा रोपेर स्थापना दिवस मनाएका हुन्  । 
    यायोक्खाको विदेश शाखाहरु र नेपालको सुनसरी, उदयपुर, इलाम, झापा लगायत बिभिन्न जिल्ला र स्थानीय तहहरुमा स्थापना दिवस समापन भएको यायोक्खाले जनाएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…