• मोरङ । मोरङ ३ नं. क्षेत्रबाट निर्वाचन संघीय सांसद सुनिल शर्मा पक्राउ परेको विरोधमा आजसाँझ पथरीमा विरोध प्रदर्शन भएको छ । 
    शैक्षिक प्रमाणपत्र नक्कली भएको अभियोगमा काठमाडौंबाट शर्मा पक्राउ परेपछि आजै नेपाल विद्यार्थी संघ पथरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । 
    संघको पथरी बहुमुखी क्याम्पस इकाई समिति सभापति सागर बरालको नेतृत्वमा निस्केको ¥यालीमा सांसद शर्माको रिहाइको माग गर्दै पथरी बजार परिक्रमा गरेर जाँते मोडमा पुगेर कोणसभामा परिनत भएको थियो । 
    ¥यालीमा संघको केन्द्रीय सदस्य गोपाल साँबा लिम्बू, क्याम्पस स्ववियु सभापति केशर राई लगायतको उपस्थिति रहेको थियो । कोण सभामा संघको केन्द्रीय सदस्य गोपाल साँबा लिम्बूले बोलेका थिए । साँबाले सांसद शर्माको तुरुन्त रिहाइको माग गरेका छन् । सांसद शर्मा एमालेका भानुभक्त ढकाललाई पराजित गरेका सांसद हुन् । 
    नोवेल अस्पताल संचालक शर्मालाई नक्कली प्रमाणपत्रको मुद्धामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शर्मालाई सय किलो सुन काण्डमा पनि मुछिएको आरोप लाग्दै आएको छ । यद्यपि शर्माको सचिवालयले भने यी दुवै आरोपको खण्डन गर्दै आएको छ । 

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…