• मोरङ । विश्लेषक डम्बर खतिवडाले आदिबासी आन्दोलन बढ्यो भने बाहुनक्षेत्रीलाई घाटाहुन्छ भन्नु दरिद्र चिन्तन भएको बताएका छन् । 
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार (२८ साउन) आयोजित ‘पहिचान आन्दोलन, अबको बाटो’ सम्बन्धी अन्तर्किया कार्यक्रममा बोल्दै विश्लेषक खतिवडाले सो कुरा बताएका हुन् । 
    पहिचानको आन्दोलनलाई एक पक्षले जातीयता र संकिर्ण सोच भएको भन्छ भने अर्को पक्षले जातीय मुक्तिको आन्दोलनको रुपमा बुझ्दै आएको कारण समस्या रहेको खतिवडाको भनाइ थियो । 
    जैविक विविधताको पक्षधर नेपालीहरु मानवीय विविधताबाट किन तर्सिन्छन ? खतिवडाको प्रस्न थियो । 
    पहिचानको आन्दोलन जातीय नभएर बहुसांस्कृतिक, भाषिक, सभ्यताको आधारबाट नयाँ राज्य निर्माण प्रकृयाको बाटो भएको सबैको साझा बुझाइ हुनुपर्ने खतिवडाको भनाइ थियो । 
    ‘पहिचानको आन्दोलन एउटालाई मासेर अर्को स्थापित गर्न खोजिए झगडा हुन्छ ।’ खतिवडाले भने ‘सबैको संमृद्धिको लागि बहुसांस्कृतिक, भाषिक र पहिचानको आधारमा नयाँ राज्य निर्माणको आन्दोलनमा कोही तर्सिनु पर्दैन ।’
    चलिरहेको आदिबासी, पहिचानको आन्दोलन सबैंको संमृद्धिको लागि भएकोले बाहुन क्षेत्रीलाई घाटा हुन्छ कि भन्ने चिन्ता लिन नहुने खतिवडाले बताए । 
    नेपालमा एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रमुख व्यक्तिहरुको सोच र व्यवहार मुख्य समस्या रहेको खतिवडाले बताएका छन् । 
    एमाले अध्यक्ष केपी ओलीको अज्ञाता÷अहंकार, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अवसर÷उपयोगवादी चरित्र र कांग्रेस सभापति शेरबहादुर देउवाको बहसमा सहभागी नहुने प्रवृतिले नेपालमा समस्या सिर्जना भएको बताए । 
    ओली पहिचान आन्दोलनलाई उखान, तुक्काले गिल्याउने रमाआउने, प्रचण्ड हामीलाई भोट देउ पहिचान दिन्छु भन्दै कहिले एमाले त कहिले कांग्रेससँग मोर्चा बन्दी गर्ने र कांग्रेस सभापति देउवा पहिचान आन्दोलन बारे डिबेट (बहस) गर्न नचाहने तीनै प्रवृति खराव भएको विश्लेषक खतिवडाको भनाइ थियो । खतिवडाले तीनवटै प्रवृति विरुद्ध संघर्ष गर्दै आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउन राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताए । 
    फोनिजको संघीय अध्यक्ष गजुरधन राईको सभापतित्वमा भइरहेको कार्यक्रममा विश्लेषकहरु प्रा.डा. महेन्द्र लावतिसँगै विश्लेषक खगेन्द्र संग्रौला, भवानी बराललेसमेत मन्तब्य राखेका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…