• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पञ्चायत माविमा थप शैक्षिक सुधार गर्ने उदेश्यले शनिवार विद्यालय व्यवस्थापन समिति, शिक्षक र सल्लाहकार लगायतसँग अन्तरक्रिया कार्यक्रम भएको छ । 
    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले व्यवस्थापन समिति र प्रधानाध्यापकको काम, कर्तव्य, अधिकार बारे कानुनी व्यावस्था बारे प्रस्तुत गरेका थिए ।
    व्यवस्थापन समितिका अध्यक्ष युवाराज बास्तोलाले शैक्षिक सुधारको लागि अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनको भूमिका र समस्याहरु बारे प्रस्तुत गरेका थिए । अध्यक्ष बास्तोलाले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले नीजि स्कुलको शेयर लिने गरेको, छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने गरेको भन्दै यस्ता बिषयमा अभिभाकहरुको खबदारी आवश्यकता रहेको बताए । 
    बास्कोटाले विद्यालय सफा र स्वास्थ्य वातावगरण हुनुपर्ने, विद्यार्थीहरुलाई घोकन्ते नभएर जीवन उपयोगी शिक्षा दिइनुपर्ने लगायतका बिषयमा प्रस्तुती दिएका थिए । विद्यालय व्यवस्थापन समितिको सदस्य गोमा दाहालले पञ्चायत माविको अवस्था बारे प्रस्तुती दिएका थिए । 
    कार्यक्रममा १ नं. वडा अध्यक्ष भीम राई, पञ्चायत माविको पूर्ब प्रअ चण्डीप्रसाद राई, पूर्ब विव्यास अध्यक्ष देवराज भण्डारी, समाजसेवी गणेश खड्का, पर्शु मिश्र लगायतको उपस्थिति रहेका थिए । तीन हजार बढी विद्यार्थी रहेको पञ्चायत मावि प्रदेश सरकारले नमुना घोषणा गरेको विद्यालय हो । 

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…