मोरङ । माओवादी केन्द्रले चलाउन लागेको तीन महिने अभियानको लागि मोरङको पथरीशनिश्चरे नगरमा आज सुझाव संकलन भएको छ ।
माओवादी केन्द्रले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
तीन महिने अभियानको लागि मोरङको पथरीशनिश्चरे नगरमा प्रदेश १ को पूर्ब उपसभामुख समेत रहेका पार्टी केन्द्रीय सदस्य सरस्वती पोख्रेल कमाण्डर तोकिएर आएका छन् ।
पोख्रेलले शनिवार नगरमा कस्तो प्रकारको अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने बिषयमा सुझाव संकलन गरेका हुन् । कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन आयोगको सदस्य लालबहादुर शुस्लिङ मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर समिति अध्यक्ष गोविन्द कटुवालको अध्यक्षतामा भएको थियो ।