• मोरङ । प्रदेश नं. १ को नाम कोशी खारेजीको आन्दोलनको नेतृत्व गर्न माओवादी केन्द्रलाई पार्टी सम्बद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा, नेपालको प्रदेश समितिले दबाब दिने भएको छ । 
    आज (आइतबार) सुनसरीको इटहरीमा बसेको प्रदेश समितिको बैठकले कोशी नाम खारेजी आन्दोलनको नेतृत्व माओवादी केन्द्रले लिन दबाब दिने निर्णय गरेको संगठनको प्रदेश समिति अध्यक्ष प्रेम मिभकले बताए । 
    बैठकले कोशी नाम माओवादी केन्द्रको नीति विपरित राखिएको र सो नामको लागि पार्टी सम्बद्ध सांसदहरुले हस्ताक्षर दिनु गल्ति भएको ठहर गरिसकेकोले आन्दोलनको नेतृत्व लिन दबाब दिने निर्णय भएको हो । 
    संगठनको प्रदेश समिति अध्यक्ष प्रेम मिभकको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका संघीय सांसद दुर्गा राई, केन्द्रीय सदस्य ममता ताजपुरिया, प्रदेश पार्टीको फ्याक्सन इन्चार्ज कान्छा लावती, मोर्चाको सचिवालय सदस्य अर्जुन जम्नेली राई, तिलकप्रसाद राई लगायतको उपस्थिति रहेको थियो । 
    कोशी खारेजीको आन्दोलनमा आदिबासी÷जनजाति संयुक्त मोर्चा, नेपालका नेता कार्यकर्ताहरु सहभागि हुने र जायज माग भएकोले आम प्रदेशबासी जनतालई आन्दोलनमा आउन आव्हान समेत गर्ने निर्णय गरेको छ । 
    संयुक्त मोर्चाको प्रदेश समितिको आयोजनामा १ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, मोर्चालाई १४ जिल्लामा विस्तारमा लाग्ने लगायतको निर्णय भएको अध्यक्ष प्रेम मिभकले बताए । प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्ड, संगठनको केन्द्रीय अध्यक्ष शुरेस आले मागर लगायतसँग समन्वय गर्न इन्चार्ज दुर्गा राई, प्रदेश अध्यक्ष प्रेम मिभकलाई जिम्मा दिने निर्णय भएको छ । 

सम्वन्धित समाचार

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …