मोरङ । मोरङको पथरीशनिश्चरे—१, मा स्थापित पञ्चायन माविले ४५ औं बार्षिक उत्सवको अवसरमा विद्यालय क्षेत्रमा मदिरा र सुर्तिजन्य बस्तु विक्री नगर्न अनुरोध गर्दै सुक्रबार ¥याली प्रदर्शन गरेको छ ।
भदौ ६ गते पञ्चायत मावि स्थापना भएको ४५ बर्ष पुगेको छ । सो अवसारमा आयोजित प्रभात फेरि कार्यक्रमको आयोजना गरी कुलतमा नफसौ, मदिरामा नफसौ लगायतको नारा जुलुससहित पथरी बजार परिक्रमा गरेका छन् ।
पछिल्लो समयमा पथरीशनिश्चरे नगर क्षेत्रमा पनि लागू औषध प्रयोग कर्ता बढिरहेको तथ्याङ्क छ । ब्यनर, प्लेकार्ड सहित परिक्रमा भएको कार्यक्रमको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटा र प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको नेतृत्व गरेका थिए । ¥यालीमा शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रदेश सरकारबाट नमुना घोषित पञ्चायत माविमा १ सय १७ जना शिक्षक कर्मचारी रहेका छन् । कक्षा ११, १२ मा ८ वटा संकायमा पढाइहुने विद्यालयमा करिव ३५ सय विद्यार्थी अध्ययनरत छन् ।