• मोरङ । इन्टरनेशनल वेलफेर सपोर्ट फाउण्डेसन आफ अमेरिका (इन्ट्रा)का अध्यक्ष डिल्लिराम अधिकारीलाई बिहिबार मोरङको पथरीशनिश्चरे शिविरमा भब्य स्वागत गरेका छन भने इन्ट्राको लगानीमा बन्न लागेको प्राथमिक स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । 
    अध्यक्ष अधिकारी इन्ट्राको आयोजनामा भर्खरै भएको मेरो भ्वाइस युनिभर्स र भर्खरै मेरो डान्स युनिभर्स रियलिटी शो कार्यक्रम सकिएपछि पूर्ब आएका हुन् । सार्वधिक नगद राशीको गायन र नृत्य प्रतियोगिताको फाइनल सकेर पूर्ब आएका इन्ट्रा अध्यक्ष अधिकारीलाई भुटानी शरणार्थी शिविरमा स्वागत भएको हो । 
    पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख देबीमाया काफ्ले, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, शिविर सचिव चम्पासिंह राई, इन्ट्रा फाउन्डेसन नेपालका संयोजक राम बानिया, स्वास्थ्य संयोजक मुरारी आचर्या लगायतको उपस्थिति रहेको थियो । 
    स्थाीय युवा सुमन कुरुम्बाङले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख मोहोन तुम्बापोले भुटानी शरणार्थीहरुलाई कानूनले दिएजति सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताएका छन् । 
    इन्ट्रा अध्यक्ष अधिकारीले आफू र संस्था विश्वभरका नेपाली भाषी, नेपाली जातिलाई सामाजिक, सांस्कृतिक एकताको लागि आफू लागि रहेको बताए । भुटानी शरणार्थीहरुलाई प्राथमिक उपचारको लागि इन्ट्राले स्वास्थ्य चौकीमा लगानी गर्न लागेको बताए ।
    पथरीशनिश्चरे नगरपालिका र इन्ट्रावीच शिविरमा प्राथमिक स्वास्थ्य चौकी बन्ने, एम्बुलेन्स खरिद गर्ने, सम्पतिहरु नगरको मातहतमा रहने र स्वास्थ्य कर्मचारी लगायतलाई इन्ट्राले लगानी गर्ने सहमति भएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…