• मोरङ । मोरङको पथरीशनिश्चरे—२, मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ औं साधारणसभा भाद्र २२ गते हुने भएको छ । 
    चुनावी साधारण सभा भएकोले समूहद्वारा गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । 
    निर्वाचन समितिको संयोजकमा शरदचन्द्र दाहाल, सदस्यहरुमा महेन्द्र ढुङ्गाना र रोहित बास्तोला रहेका छन् । 
    समूहको नेतृत्व यस अघि दुई कार्यकाल काबुलबहदुर मगर (बिकास)ले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आउने यो कार्यकालमा पनि मगर सर्वसहमत अध्यक्ष हुने निश्चित जस्तो भएको दिलबहादुर तामाङले बताए । मगर नेतृत्व टोलीले समूहलाई राष्ट्रिय रुपमा चिनाउनु को साथै आफ्नो पूर्ण समय वनलाई दिदै आएकोले तेस्रो पटक सर्वसहमत बन्ने वातावरण भएको उपभोक्ताहरुको भनाइ छ । 
    निर्वाचन समितिले भाद्रौ १३ गते मतदाता नामावली प्रकाशन, १४ गते दावी विरोध र अन्तिम नामवली प्रकाशन, १५ गते उमेद्वार दर्ता, १६ गते उमेद्वार विरुद्ध दावी विरोध, १८ गते उमेद्वारी फिर्ता र अन्तिम नामवली प्रकाशन २२ गते साधारण सभाको उद्घाटन र २३ गते मतदान हुने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 
    हरियाली सामुदायिक वन उपभोक्ता समिति वन व्यवस्थापनमा नेपालमै प्रथम भएको समूह हो । विधान अनुसार नौ वटा टोलबाट नौ जना सदस्य सर्वसहमत चयन भएर आइसकेका छन् । एक हजार २८ जना उपभोक्ता रहेको वनको पछि थप भएको ४ हेक्टरसहित २५० हेक्टर क्षेत्रफल रहेको छ । समुदाय वनको नेतृत्वमा पर्यपर्यटन क्षेत्रको रुपमा विकासहुँदै गएको छ । समूह भित्र सभाहल निर्माण भइसकेको छ भने स्वीमिङ पुल अन्तिम चरणमा बनिरहेको छ । 

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…