• मोरङ । माओवादी केन्द्रको केन्द्रीय सदस्य समिता कार्कीले नेता, कार्यकर्ताहरु पूर्ण रुपमा क्रियाशील नहुँदा धार्मिक अतिवादीहरु सलबलाएको बताएकी छन्  । 
    पार्टीको मोरङ पथरीशनिश्चरे नगर समितिले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कार्कीले सो कुरा बताएका हुन् । 
    नगरमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उदेश्यले पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै कार्कीले पार्टी धार्मिक अतिवादीहरुको पक्षमा नरहेको बताए । 
    नेता कार्यकर्ताहरु पूर्ण रुपमा क्रियाशील नहुँदा राजावादी, हिन्दु अतिवादी र नव सामन्तहरु जुरमुराउन थालेको बताए । पार्टी केन्द्रीय सदस्य कार्कीले पार्टी क्रियाशील हुँदैजाँदा नेतृत्वले समाधानको नयाँ र उचित कदम चाल्ने बताए । 
    माओवादी पार्टीको मुख्य योजना र भूमिकाको कारण राजतन्त्रको अन्त्य संघीय गणतन्त्र स्थापना भएकैले गाउँगाउँमा तिब्र रुपमा भौतिक, सामाजिक विकास भइरहेको तर्क कार्कीले प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा प्रदेश नं. १ को पूर्ब उपसभामुखसमेत रहेका पार्टी केन्द्रीय सदस्य सरस्वती पोख्रेल, मोरङ जिल्ला संयोजक बिजय विस्वासले पार्टीको वर्तमान नीति र अभियान बारे विचार प्रस्तुत गरेका थिए । जिल्ला सहइन्चार्ज बालकुमार मगर, नेत्र पोख्रेल, किराती मोर्चाको महासचिव अर्जुन जम्नेली राई लगायतले पार्टी निर्माणको लागि सुझावहरु राखेका थिए । 
    माओवादी केन्द्रले भदौ १६ गतेदेखि देशभर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घरघरमा माओवादी, जनजनमा माओवादी’ तीन महिने अभियान सञ्चालन गर्दैछ । 
    अभियानको लागि पथरीशनिश्चरे नगरको १० वटै वडामा टोली खटाउने निर्णय अनुसार जिम्मेवारी तोकिएको छ । अभियान उद्घाटन अघि वडा वडामा बैठक राख्ने, नेता, कार्यकर्ता भेटघाट, बिभिन्न स्थानमा सार्वजनिक कार्यक्रमहरु गर्ने निर्णय भएको पार्टी नगर सचिव मान दियालीले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…