• मोरङ । जनतासँग सम्बन्ध थप विस्तार गर्ने उदेश्यले माओवादी केन्द्रले भोली शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन हुँदैछ । 
    अभियान सञ्चालनको लागि पार्टी केन्द्रीय अध्यक्ष प्रचण्डसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई जिल्ला अन्तर गरेर वडा वडामा घटाइएको छ । अभियान सञ्चालनको लागि केन्द्र, प्रदेश, जिल्ला समिति र जनवर्गीय समितिका पदाधिकारीहरुलाई पार्टीले खटाएको स्थान (वडा)मा पुगिसकेका छन् । 
    भदौ १६ गते प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंको चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट अभियानको उद्घाटन गर्दैछन् । दिउँसो १ बजे हुने उद्घाटन देशको ७५३ पालिकाको ६ हजार ७४३ वडामा पार्टी नेता, कार्यकर्ताहरु जुम प्रविधिबाट प्रत्यक्ष हेर्ने र सँगै वडा वडामा उद्घाटन कार्यक्रम रहेको छ । 
    अभियान उद्घाटनसँगै देशैभर सरसफाइ, वृक्ष रोपन, लागू औषध सम्बन्धी जनचेतना मुलक प्रशिक्षण, मजदुर, किसान, उत्पीडित समुदाय, सहिद बेपत्ता परिवार, घाइतेहरुसँंग भेटघाट लगायतका कार्यक्रम हुनेछ । 

    पथरीशनिश्चरे र कानेपोखरीमा यस्तो छ कार्यक्रमको तयारी

    माओवादी अभियानको लागि मोरङको पथरीशनिश्चरेमा केन्द्रीय सदस्य सरस्वति पोख्रेल खटिएका छन् । पोख्रेलले नगरपालिकामा आएर नगर पार्टीको अगुवा, नगर र वडाका नेतृत्वहरुसँग भेटघाट तथा कार्यविभाजन भएर भोली १६ गतेको कार्यक्रम तयार भएको छ । 
    प्रदेश १ का पूर्ब उपसभामुख समेत रहेका केन्द्रीय समिति सदस्य पोख्रेल अभियानमा पथरीशनिश्चरे १० नं. वडामा खटिने भएका छन् । नगर समितिको बैठकमा मोरङ जिल्ला इन्चार्ज समिता कार्की २ पटक नगरमा आएर कार्यक्रममा सहभागि र पार्टीको कार्यक्रमबारे जानकारी दिएका छन् । 
    मोरङकै कानेपोखरी जिम्मा पाएको द्वारिकालाल चौधरी सम्पर्कमा नआएपछि त्यहा सुक्रबार (१५ गते) मात्र केन्द्रीय सदस्यसमेत रहेका समिता कार्कीको उपस्थितिमा बैठक राखिएको पालिका समिति अध्यक्ष दुर्गा कार्कीले बताए । यो समाचार तयार पार्दा वडाको जिम्मेवारी विभाजनबारे छलफल चलिरहेको अध्यक्ष कार्कीले जानकारी दिए । यद्यपि कार्यक्रमको तयारी गर्न वडा समितिलाई यस अघि नै भनिएकोले उद्घाटन सातवटै वडामा हुने कार्कीले जानकारी दिए । 
    पथरीशनिश्चरे नगरमा भने वडामा जिम्मेवारी पाएका नेतृत्वले १६ गतेको उद्घाटन र कार्यक्रम तयार गरिसकेका छन् । १० वटै वडामा कार्यक्रम हुने भएको छ । 
    अधिकांश वडामा अध्यक्ष प्रचण्डको उद्घाटन मन्तब्य प्रत्यक्ष प्रशारण हेर्ने, त्यसपछि वडामा उद्घाटन स्वरुप वृक्ष रोपन, सरसफाइ र लागू औषध सम्बन्धी जनचेतना अभियान र सहित परिवारसँग भेटघाट गर्ने कार्यक्रम तयार भएको छ । 
    पार्टीको साउन १७ देखि २१ गतेसम्म काठमाडौमा बसेको बैठकले तीन महिने अभियान चलाउने निर्णय गरेको थियो । 

    पथरीशनिश्चरे नगरमा १६ गतेको कार्यक्रम तयारी र जिम्मेवारी

    वडा नं. १ मा जिम्मेवारी ध्रुर्ब महत, बेदनिधी खनाल, अर्जुन जम्नेली राई कार्यक्रम प्रत्यक्ष प्रशारण हेरेपछि सुनाखरी माविमा वृक्ष रोपन गर्ने
    वडा नं. २ मा जिम्मेवारी, शिव तिम्सिना, मान दियाली—सरसफाइ अ
    वडा नं. ३ मा जिम्मेवारी, खेम प्रधान, नरबहादुर राई, दोर्ण खड्का, अनु राई, राधिका गौतम कार्यक्रम मनोरथ भण्डारीको घरबाट कार्यक्रम हेर्ने, वडा कार्यालय सरसफाइ गर्ने ।
    वडा नं. ४ मा जिम्मेवारी, गंगा साँबा, मोहन भट्टराई, मानबहादुर बिक कार्यक्रम २ जना सहितलाई भेटेर खादा ओढाउन र नयाँ सोमबारे वृक्ष रोपन गर्ने । 
    वडा नं. ५ मा जिम्मेवारी, बालकुमार मगर, खड्ग मगर, रिता गिरी, नरेन्द्र घिमिरे, कार्यक्रम डाँडगाउँ मन्दीरमा वृक्ष रोपन गर्ने । 
    वडा नं. ६ मा जिम्मेवारी, नेत्र पोख्रेल, पुनम खतिवडा, यशोदा खतिवडा, कार्यक्रम रामजानकारी स्कुल र मन्दीर सरसफाइ (भातेगौडा छेउ) ।
    वडा नं. ७ मा जिम्मेवारी, टिका दाहाल, गोबिन्द कटुवाल, राजकुमार बिक, कार्यक्रम सहिद भेटघाटपछि मायादेवि भवन परिसर सरसफाइ
    वडा नं.  ८  मा जिम्मेवारी, दौलतराम भण्डारी (डायमण्ड), सुमन वनेम, कार्यक्रम शान्तिचोक माङहिममा लागू औषधी विरुद्ध जनचेतना अभिवृद्धि  कार्यक्रम
    वडा नं. ९ मा जिम्मेवारी, अम्बिका अर्याल, ओम श्रमिक—प्रत्यक्ष प्रशारण हेर्ने र सरसफाइ
    वडा नं. १० मा जिम्मेवारी, सरस्वती पोख्रेल, कमल हाङबाङ, रबिन राई, मदन पोख्रेल, कार्यक्रम प्रत्यक्ष प्रशारण हेरेपछि जालपा स्कुल सरसफाइ

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…